मोरङ-६ बाट शेखर कोइराला विजयी

मोरङ । नेपाली कांग्रेसका नेता शेखर कोइराला प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनी मोरङ क्षेत्र ६ बाट विजयी भएका हुन् ।  कोइरालाले १२ हजार २८४ सय मत अन्तरले एमालेका निवर्तमान सांसद तथा पूर्वमन्त्री लालबाबु पण्डितलाई हराका हुन् । कोइरालाले ३५ हजार २१३ मत ल्याउँदा पण्डितले २२ हजार ९२९ मत प्राप्त गरेका छन् ।

खानेपानीमन्त्री चौधरी पराजीत

खानेपानीमन्त्री एवं कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरी पराजित भएका छन् । उनलाई हराउँदै एमालेका अच्युत मैनाली बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । मैनालीले ३९ हजार १९५ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी चौधरीले ३० हजार ५६ मत पाए । रास्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमालले तीन हजार ३१८ मत पाए ।

सिन्धुपाल्चोकमा गठबन्धनको जित
दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा गठबन्धनले जित हासिल गरेको छ । क्षेत्र नम्बर २ बाट लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार (कांग्रेसका) मोहनबहादुर बस्नेत विजयी भएका छन् । ११ हजार ८ सय ७४ भारी मतान्तरमा शेरबहादुर तामाङलाई हराउदै बस्नेतले जित निकालेका हुन् । सिन्धुपाल्चोक निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका लागि यो पहिलो जित समेत हो ।

बस्नेतले ३९ हजार ३ सय ६७ मत ल्याउदा तामाङले २७ हजार ४ सय ९३ मत ल्याएका थिए । क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा एमालेलाई हराउदै लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार (माओवादी केन्द्र) का माधब सापकोटा विजयी भए ।

यसैगरी, क्षेत्र नम्बर २ प्रदेशसभा ‘क’ मा बागमती प्रदेशका पूर्वसामाजिक विकासमन्त्री युवराज दुलाल र ख मा कृष्णकुमार तामाङ विजय भएका छन् । १ क मा कांग्रैसका मसिना खड्का भण्डारी र ख मा माओवादी केन्द्रका सरल सहयात्री पौडेल विजयी भए ।


 

तपाइको प्रतिक्रिया
(Visited 30 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

स्याङ्जा क्षेत्र नं २ बाट धनराज गुरूङ विजयी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९