अघि पछि गर्दै १ सय ५१ मतले पर्सामा एमालेका गुप्ता विजयी

वीरगन्ज । सुरुदेखि नै पेचिलो बनेको पर्सा ३ कोप्रतिनिधि सभा सदस्यतर्फको निर्वाचनमा अन्तिमा नेकपा एमालेका राजकुमार गुप्ता विजयी भएका छन् । उनी नेपाली काँग्रेसका सुरेन्द्र प्रसाद चौधरीलाई झिनो मतले पछि पार्दै विजयी भएका हुन् । उनले कांग्रेसका चौधरीकोभन्दा १ सय ५१ मत मात्र बढि ल्याए । गणना गर्न थालेदेखि नै एक–डेड सयको मात्र अन्तरमा कहिले चौधरी अगाडी त कहिले गुप्ता अगाडी हुदै अन्ततः गुप्ता नै विजयी भएको पर्सा ३ मा खटेको निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको हो ।

पर्साका अरु क्षेत्रका प्रतिस्पर्धीभन्दा जनताको एक–एक मतको नजिकबाट महत्व थाहा पाएका गुप्ता र चौधरीमा २०÷२० हजार मत ल्याइसकेपछि अत्यन्तै झिनो मत अन्तरले कहिले को पछाडी त कहिले को अगाडी हुँदै अन्तिममा गुप्ताले २४ हजार २ सय ६० मत ल्याएर रोकिए । उनको यतिमा रोकिएपछि भने काँग्रेसका चौधरीको पनि २४ हजार १ सय ९ मतभन्दा बढ्न सकेन । दुवैको मत बढ्ने क्रम यतिमा रोकिएपछि एमाले जसपाका साझा उमेद्वार गुप्ता दोस्रो पटक सांसद बनेका हुन् । उनी २०६४ पहिले पनि एक पटक निर्वाचित भई संविधान सभा सदस्य पनि भइसकेका पूर्व साँसद समेत हुन् ।

यता स्थानीय तहको निर्वाचनमा एमालेले ५ वटा पालिकाको नेतृत्व जिते पनि यो पटकको निर्वाचनमा विजयी हुने प्रदेश र केन्द्रकालागि गुप्ता नै एक्ला वृहस्पति जस्ता बने । दुवै तर्फ गरी १२ सिट रहेको पर्सामा गुप्ता बाहेक अरु सबै सिट अन्य राजनीतिक दलको पोल्टामा परिसकेको छ । गुप्ताले भने पर्सामा एमालेका लागि जितको खाता खोलीदिएर र आफू पनि विजयी बने ।

पर्साका अरु क्षेत्रमा यादव, चौरसिया र रिजाल विजयी

अरु क्षेत्रभन्दा ढिलो गरी सकिएको पर्साको क्षेत्र नम्बर २ को पनि प्रत्यक्ष तर्फको मत गणना सकिएको छ । प्रत्यक्ष तर्फ प्रदेश र प्रतिनिधि सभा सदस्यको सबैभन्दा अन्तिममा सकिएको मत गणनामा पर्साको क्षेत्र नम्बर २ बाट नेपाली काँग्रेसका अजयकुमार चौरसिया विजयी भएका छन् । उनले एमाले जसपाका सामmा उमेद्वार सुरेन्द्र प्रसाद कुर्मीभन्दा ६ हजार १६ मत बढी ल्याई विजयी भएका हुन् । चौरसियाले कुल २८ हजार ४ सय ५१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी जसपाका कुर्मीले २२ हजार ४ सय ४५ मत मात्र ल्याएको पर्साको क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत सुशिल देवकोटाले बताए । तेस्रो पोजिसनमा भने राप्रपाले २ हजार ७ सय ४० मत ल्याई पच्छ्याएको उनको भनाइ छ ।

पर्सामा यो परिणाम सहित प्रत्यक्ष तर्फको प्रतिनिधि सभा र प्रदेश सभा तर्फको सबै मत गणना सकिएको छ । प्राप्त नतिजा अनुसार पर्साको क्षेत्र नम्बर १ मा जसपाका प्रदिप यादव, २ मा काँग्रेसका अजयकुमार चौरसिया, ३ मा एमालेका राजकुमार गुप्ता र क्षेत्र नम्बर ४ मा पनि नेपाली काँग्रेसका रमेश रिजाल विजयी भएका छन् ।

एमालेले जितेको पर्साको क्षेत्र नम्बर ३ मा पराजित घोषणा भएका गुप्ताका प्रतिद्वन्दी नेपाली कांग्रेसका चौधरीले पुनः मत गणनाको आवाज पनि उठाउन थालेका छन् । त्यहाँ केही मत समानुपातिक तर्फको बक्सामा खसेको र सो पनि गणना हुनु पर्ने भन्ने कांग्रेजजनको जोड छ । यो विषयमा समानुपातिको गणना पछि एउटा निर्णय लिइने पर्साका मुख्य निर्वाचन अधिकृत विनोद पोख्रेलले बताए । समानुपातिक तर्फको बाकसमा केही प्रत्यक्षका मत भेटिएको भए पनि सबै मत एउटै उमेद्वारको मात्र भेटिन्छन् भन्ने हुँदैन । समानुपातिको मत गणना सकिएपछि ती मतपत्रका ’boutमा के गर्नेभन्ने निष्कर्षमा पुग्छौं । त्यसले परिणामलाई नै खासै फरक नपार्ला कि उनले तर्क गरे । निर्वाचन आयोगले मतदान भएकै दिन मतपत्र यताउता भए सो गणना गर्ने निर्णय दिए अनुसार गणना त हुन्छ उनले भने ।

प्रदेश तर्फ कहाँबाट को–को भए विजयी

प्रदेश सभा सदस्यतर्फ भने पर्साका ८ सिट मध्ये ३ सिटमा काँग्रेस, २ सिटमा जसपा, अरु १÷१ सिटमा लोसपा,माओवादीर स्वतन्त्र उमेद्वारले आफ्नो स्थानपक्का गरे । एमालेले भने प्रदेश सभातर्फ खाताखोल्न सकेन ।

प्रदेश सभातर्फ निर्वाचितहुनेहरुमापर्साको १ को १ र २ मामाओवादीका रहबर अंसारी र जसपाउपाध्यक्ष समेत रहेका मधेश प्रदेशकामुख्यमन्त्रीलालबाबु राउत गद्दी, २ को १ र २ माकाँग्रेसकाश्याम पटेल र रमेश कुर्मी निर्वाचितभएका छन् । त्यसै गरी ३ को १ र २ मापनिक्रमशः स्वतन्त्रकाप्रमोद जयसवाल र नेपालीकाँग्रेसका जिल्ला सभापतिजनार्दन सिंह क्षेत्रीनिर्वाचितभए । पर्सा ४ को १ र २ मापनिनेपालीकाँग्रेसका शंकर चौधरी र जसपाकाशिंहासन सा कलवार निर्वाचितभएका छन् । उनीहरु दुवै जनादोस्रो पटक प्रदेश सभामा दोहो-याउने सभाषदपनिहुन् ।

तपाइको प्रतिक्रिया
(Visited 211 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

चुडामणि शर्माविरुद्ध ११ अर्ब हिनामिनाको मुद्दामा साक्षी झिकाउन आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
गठबन्धनका शीर्षनेता पोखरामा : नयाँ युगको सुरुआत अहिलेको गठबन्धनबाटै