पर्सामा महिला विजेता ‘शून्य’

वीरगन्ज । काठमाडौंमा स्वतन्त्रबाट उठेका कान्छो महिला उम्मेदवारको मत परिणमले देशका ठूला पार्टीसमेत थरथरी पारेको योपटकको निर्वाचनमा पर्सामा भने महिला उम्मेदार सबै पराजित भएका छन् । उनीको पराजित परिणामले जिल्लामा महिला विजेताको संख्यामा योपटक शून्यता छाएको छ ।

कुल १ सय ६१ उम्मेदवार रहेको पर्सामा तीन जना मात्र महिला उम्मेदवार थिए । त्यसमा पनि हेभिवेटका दुई महिलाको जमानत जफत नै भयो । फलतः पर्सामा काठमाडांै जस्तो महिला विजेताको अवस्था सन्तोषजनक नभएको हो । महिलाको संख्या ३३ प्रतिशत पु¥याउनुपर्छ भन्ने संविधानतः तथ्यमा गठबन्धनको कु–चक्रले राजनीतिक दलले उम्मेदवार उठाउने समयमा नै यतिकै महिलामाथि बक्रेदृष्टि राखेका थिए ।

त्यहि हुँदा पर्सामा सत्ता गठबन्धन र एमाले जसपा गठबन्धनको भागीमा केवल एक– एक महिला उम्मेदवार मात्र परेका थिए । त्यो पनि प्रतिनिधिसभातर्फ नभई प्रदेशसभातर्फ पर्साको क्षेत्र नम्बर ४ को २ र ३ को पनि २ मा मात्र । यो संख्याले जिल्लालाई महिला उम्मेदवारको संख्या शून्य हुनबाट जोगाएको थियो ।

जिल्लाका हेभिवेटमध्येकी चर्चित महिला नेत्री पूर्वराज्यमन्त्री करिमा वेगम आफंै स्वतन्त्रबाट उठेपछि पर्सामा महिला उम्मेदवारको संख्या कुल ३ सुनिश्चित भएको थियो । तर, निर्वाचित हुने संख्यामा भने एक जना महिला उम्मेदवारले पनि विजयको माला लगाउन सकेनन् । विजयी हुने कुरा पर्साका महिला उम्मेदवारका लागि फलामे ढोका पार गर्न सहर नै बन्यो ।

स्वतन्त्र उम्मेदवारी दिएकी पूर्व राज्य मन्त्री वेगम पर्साका कुल उम्मेदवारमध्ये हेभिवेट नेतामा पर्थिन् । त्यसैगरी, महिला आयोगकी पूर्वअध्यक्ष चाँद तारादेवी (शेख चाँद तारा) पनि समग्रमा हेभिवेटकै दाँजोमा थिइन् । उनीहरूले जमानत पनि कटाउन नसकेपछि काठमाडांैको परिणाम जस्तो पर्सामा हुन नसकेको हो ।

बरु एकैपटक राजनीतिमा होमिएकी एमाले जसपाकी साझा उम्मेदवार पर्साको क्षेत्र नम्बर ३ को २ की जसपा उम्मेदवार डा मधु गुप्ताले निकटतम प्रतिद्वन्द्वीको शाख राखिन् । उनेले कुल ७ हजार ५ सय ७ मत प्राप्त गरी पराजित भए पनि सानदार साख राखेकी छन् । गुप्तालाई उछिन्ने सत्ता गठबन्धन कांग्रेसका उम्मेदवार जनार्दन सिंह क्षेत्रीले सो क्षेत्रबाट १० हजार १ सय ९५ मत ल्याई विजयी भए ।

यता पहिले जिल्लामा चर्चित रहेका महिला नेत्रीमध्येका वेगम र चाँदताराले भने क्रमशः १ हजार पर्सामा महिला विजेता ‘शून्य’ ५ सय एक र १ हजार ७ सय ७३ मत मात्र ल्याए । एउटै क्षेत्रमा सँगै लडेका प्रतिस्पर्धीका तुलनामा वेगम पाँचांै नम्बर र चाँदतारा तेस्रो नम्बरमा सीमित भएका छन् । अब पर्साबाट सभासद महिलाको अनुहार हेर्न समानुपातिकतर्फको मुख ताक्नुबाहेक अर्को विकल्प नभएको स्थानीय बुद्धिजीबीले तर्क गरे ।

तपाइको प्रतिक्रिया
(Visited 138 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देशमा केही भएको छैन, केही हुँदैन भन्ने भाष्य गलतः प्रधानमन्त्री

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बैतडीका २९२ उम्मेदवारको धरौटी जफत