७६ वर्षमा एमाले प्रवेश गरे, ७७ वर्षमा चुनाव जिते


कपिलवस्तु । कपिलवस्तु क्षेत्र नं ३ मा कम्युनिष्ट पार्टीले पहिलो पटक जितेको छ । जीवनको उत्तरार्धमा कम्युनिष्ट बनेका गुप्ताले कपिलवस्तु क्षेत्र नं ३ मा कम्युनिष्टको लाल झण्डा फहराउन सफल भएका हुन् ।

चुनाव लडेको आठौ प्रयासमा गुप्ता निर्वाचित भएका हुन् । नेता गुप्ताले त्यही क्षेत्रबाट लागतार ३ पटक निर्वाचित भएका कांग्रेसका अभिषेक प्रताप शाहलाई पराजित गरी विजयी भएका हुन् । ७७ वर्षीय गुप्ताले २० हजार ८ सय ५२ मत प्राप्त गरेका छन् भने शाहले १७ हजार ७ सय ८८ मत पाए ।

निरंकुश पन्चायतको बर्हिगमन पछि भएको २०४८ सालको आम निर्वाचनमा सद्भावना पार्टीबाट मिर्जा दिलशाद बेगले चुनाव जितेका थिए । ०५१ को मध्यावधी निर्वाचनमा मिर्जाले राप्रपाबाट चुनाव जिते । बेगको हत्या पश्चात २०५६ मा भएको आम निर्वाचनमा अजय प्रताप शाहले चुनाव जिते । २०६४ को निर्वाचनमा मधेसी जनअधिकार फोरमबाट अभिषेक प्रताप शाहले चुनाव जिते । शाहले २०७० को दोस्रो संविधान सभा र २०७४ को प्रतिनिधि सभा सदस्यमा चुनाव जितेका थिए ।

२०२४ सालदेखि राजनीति थालेका गुप्ताले २०४८, २०५१ र २०५६ मा कांग्रेसबाट जिल्लाको तत्कालीन क्षेत्र नं. ४ बाट संसदीय निर्वाचन लडे । ०७०/०७४ को चुनाव तमलोपा र मधेसी जनअधिकार फोरमबाट लडे । सबै निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी बनेर गुप्ताले चित्त बुझाउनुप-यो ।

यसअघिका चुनावमा दोस्रो स्थानमा रहँदै आएकाले यसपटक आफ्नो जित निश्चित भएको बताउँदै आएका उनी गत वर्षको पुस ६ मा एमाले प्रवेश गरेका थिए । आफनो ब्यक्तिगत १५ हजार बढी मत रहे पनि पटक पकट चुनाव हार्दै आएका थिए । दक्षिणी क्षेत्रमा मत रहे पनि उत्तरी क्षेत्रको मत पाउन उनी एमालेका प्रबेश गरेका थिए । साढे पाँच दशक लामो राजनीतिको अनवरत यात्रामा आफुले युवा, मजदुर र कृषकका अधिकारका लागि लड्दै आएको उनी बताउछन् ।

एमालेले समाजवादको सिद्धान्तलाई अवलम्बन गरेकाले एमाले प्रवेश गरेको उनको भनाई छ । इतिहासमा पहिलो पटक यहाँ कम्युनिष्टले चुनाव मात्र जितेको छैन्, जीवनमा पहिलो पटक स्वंम गुप्ताले चुनाव जितेका छन् । यस पटक कपिलवस्तु क्षेत्र नं ३ मा एमालेले आफ्नो झण्डा फहराउन सफल भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 501 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मधेसमा आज कत्लकी रात : रक्सि, मासु र पैसाले नतिजा उल्टिन सक्छ