गुजरातमा विधान सभा निर्वाचन, आपको प्रवेशले भाजपा दवावमा


गुजरात । गुजरात विधानसभा चुनावको पहिलो चरणको मतदान बिहीबार बिहान ८ बजेबाट सुरु भएको छ । १८२ सदस्यीय विधानसभाको ८९ सिटमा मतदान भइरहेको छ । पहिलो चरणमा ७८८ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

दोस्रो चरणको निर्वाचन डिसेम्बर ५ मा हुनेछ र नतिजा डिसेम्बर ८ मा घोषणा हुनेछ । चुनावअघि गुजरातको वांस्दामा गएराति भाजपाका एक उम्मेदवारमाथि अज्ञात व्यक्तिले आक्रमण गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले निर्वाचनमा उल्लेख्य संख्यामा मतदाता सहभागी भएर निर्वाचनमा रेकर्ड कायम गर्न आह्वान गरेका छन् । ‘म आज मतदान गर्ने सबैलाई विशेष गरी पहिलो पटक मतदाताहरूलाई रेकर्ड संख्यामा आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गर्दछु’, प्रधानमन्त्री मोदीले भनेका छन् ।

भाजपाको प्रभाव रहेको गुजारतमा यसपाली आम आदमी पार्टी प्रवेश गरेपछि भाजपा दवावमा छ । आपको प्रवेशले कांग्रेस आईका नेताहरुले समेत दवाव महसुस् गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 301 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब २६ करोड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको मेयर बन्न २३ जनाको मनोनयन