कोरोना जोखिम नियन्त्रण समितिद्वारा काम शुरु

हेटौँडा । वाग्मती प्रदेश सरकारले गठन गरेको प्रदेशस्तरीय कोभिड—१९ को जोखिम नियन्त्रण समितिले सचिवालय स्थापना गरेर काम शुरु गरेको छ । प्रदेश राजधानी हेटौँडाको थानाभ¥याङ्गमा रहेको आपत्कालीन अवस्थामा सञ्चालन गर्न बनाइएको आपत्काल नियन्त्रणस्थलमा आफ्नो सचिवालय स्थापना गरेर योजना निर्माण, पूर्वतयारी, निगरानी तथा प्रतिकार्यको योजना बनाउन शुरु गरेको प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री तथा कोरोना नियन्त्रण समितिका संयोजक शालिकराम जम्मट्टेलले जानकारी दिनुभयो ।

“समितिले सचिवालय स्थापना गरी आफ्नो काम अगाडि बढाएको छ, कोरोना भाइरस नियन्त्रणसम्बन्धी वाग्मती प्रदेश सरकारले गरेको कामको जानकारी तथा प्रदेशवासी आम जनसमुदायहरूलाई कुनै समस्या परेमा सचिवालयको टेलिफोन नम्बर ०५७–५२३३८४ मा सम्पर्क गर्न सबैमा अनुरोध गर्दछु”, उहाँले भन्नुभयो । यसैबीच, वाग्मती प्रदेशका सामजिक विकासमन्त्री युवराज दुलालले कोरोना भाइरसविरुद्ध लड्न प्रदेश सरकार सक्षम रहेको जानकारी दिनुभएको छ ।

पत्रकारहरुसँग कुरा गर्दै उहाँले सो भाइरसको जोखिम हुन नदिन प्रदेश सरकार तयार रहेको बताउनुभयो । मन्त्री दुलालले सरकारले सचेतनाका कार्यक्रमहरु सञ्चालन गरिरहेको र जोखिम रहेमा उपचार तथा क्वारेन्टाइनको समेत व्यवस्थापन गरिसकेको जानकारी दिनुभयो ।

साभार : रासस

तपाइको प्रतिक्रिया
(Visited 140 times, 1 visits today)

epaper

ताजा समाचार

यसरी समाधान गरिँदैछ काठमाडौं उपत्यकामा खाना पकाउने ‘एलपी ग्यास’ को समस्या