किन टिक्दैनन् नेपालका सडक पूर्वाधार ?

काठमाडौं । देशभरका अधिकांश सडक पूर्वाधार निर्माण गरेको छोटो समयमा नै भत्कने तथा कालोपत्रे उत्रने गरेका छन् । कतिपय ठाउँमा त कालोपत्रे गरेको हप्ता दिनमा पनि कालोपत्रे उत्रने गरेको छ ।

सडक पूर्वाधार छोटो समयमा नै भत्कने गरेकोमा सम्बन्धित निकायले दिगो विकासको कदम चाल्न सकेको छैन भने यस विषयमा सरोकारवाला निकाय गम्भीर नभएको समेत पाइन्छ ।

समस्या समाधान गरेर दीर्घकालीन उपाय खोजीमा लाग्नुपर्नेमा उल्टै पुनः सडक पूर्वाधार टालटुल गर्नेमा राज्यको ध्यान बढी केन्द्रित भएको छ । यस क्षेत्रका विज्ञले सडक पूर्वाधार कमजोर हुनुमा प्रकोप प्रतिरोधी नीति र निर्माण योजनाको अभाव मुख्य कारण रहेको औंल्याएका छन् ।

यातायात पूर्वाधार विज्ञ डा. चन्द्रबहादुर श्रेष्ठले योजनामा आधारित र राम्रो तयारी नहुँदा सडक पूर्वाधारको गुणस्तर राम्रो हुन नसकेको बताए । सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनियरिङ फर्मस् (स्काफ) नेपालले बिहीबार आयोजना गरेको ‘डिजास्टर रिजिलियन्ट एन्ड सस्टेनेबल इन्फ्रास्ट्रचर फर बेटर फ्युचर’ नाम राष्ट्रिय सम्मेलनका अवसरमा प्रस्तुति दिँदै उनले योजनामा आधारित र राम्रो तयारी साथ निर्माण गरेमा सडक यातायात पूर्वाधार बलियो हुनेसमेत बताए ।

यातायात प्रणालीलाई प्रभावकारी बनाउन वैकल्पिक रुट र सडकको उपलब्धता हुँदा राम्रो हुने उनको सुझाव छ । नयाँ सडक निर्माण गर्दा त्यसको मर्मत’bout नसोचिने गरेको भन्दै आधा मात्र बनाएर छाड्ने गरेकाले पनि पटकपटक यस्ता समस्या निम्तने गरेको उनको भनाइ छ ।

डा. श्रेष्ठले छरिएर रहेका बस्तीलाई व्यवस्थित रूपमा एकीकृत गरेर जानुपर्ने सुझाव दिए । सडक विभाग, यातायात व्यवस्था विभाग र स्थानीय सरकारलाई जति सबल बनाउन सकियो त्यति नै यातायात पूर्वाधार सुधारमा ठूलो योगदान पुग्ने उनको भनाइ छ ।

नेपालमा सडक यातायात प्रभावकारी नहुनुमा भौगोलिक कारण पनि रहेको उनको ठम्याइ छ । अप्रभावकारी ढल व्यवस्थापन पनि सडक पूवार्धार समस्याका रूपमा रहेको उनले बताए ।

उनले इन्जिनियरिङ डिजाइनबिना नै सडक बनाएको वस्तीमा सडक यातायात कमजोर रहेको भन्दै त्यस्तो ठाउँमा पहिरो जानाले झन् जोखिम वृद्धि हुने गरेको बताएका छन् । विभिन्न विज्ञले नेपालको सडक अवस्था सुधार गर्न दीर्घकालीन विकासको योजना अघि सार्नुपर्ने बताउने गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 126 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

चुडामणि शर्माविरुद्ध ११ अर्ब हिनामिनाको मुद्दामा साक्षी झिकाउन आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
गृहमन्त्रीको वडामा कांग्रेस पराजित