संसदीय दलको नेताका लागि देउवाले मागे शशाङ्क कोइरालासँग मत

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेता चुनिनका लागि नेता डा.शशाङ्क कोइरालासँग मत मागेका छन् । निर्वाचनपछि बधाई साट्न बालुवाटार पुगेका कोइरालासँग देउवाले मत मागेका हुन् ।

देउवाले मत मागेपछि सल्लाह गरौँला नि भनी जवाफ फर्काएका थिए । देउवा र कोइरालाको २-३ पछि पुन संवाद हुने पनि बताइएको छ । संसदीय दलको नेताका लागि संस्थापन पक्षबाट देउवा निर्विकल्प उम्मेदवार बनेका छन् । संस्थापनइतरबाट महामन्त्री गगन थापाले उम्मेदवारी घोषणा गरेपनि उक्त समूहको एकल उम्मेदवार चयन हुन सकेको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 373 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी बाढी : फर्किने आशा मरेपछि इन्जिनियर दम्पती र छोराछोरीसहित चारै जनाको अन्तिम संस्कार