Thursday, December 3, 2020
Home बिचार कोरोनाविरुद्ध साझा लडाइँ

कोरोनाविरुद्ध साझा लडाइँ

सरकारले नेपालमा हुनसक्ने कोरोना भाइरसको सम्भावित संक्रमणविरुद्ध लड्नका लागि सबैलाई गरेको हार्दिक अपिलको सर्वत्र स्वागत गरिएको छ । कोरोनाको संक्रमणलाई कुनै पनि गाउँ, स्थानीय निकाय वा जिल्ला र क्षेत्रादिका सीमारेखाले छेक्न र रोक्न नसक्ने भएकाले देशका सबै नागरिकले सरकारको अपिलप्रति विश्वास र ऐक्यताबद्धता जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गरेपछि त कोरोनाविरुद्ध लड्न सबै सचेत र प्रतिबद्ध देखिएका छन् ।

देशकै कार्यकारी प्रधानमन्त्रीले कोरोना संक्रमणबाट जोगिन सचेत भएर बस्न देशवासीलाई आग्रह गर्दै आतंकित नहुन अपिल गरेपछि जनता सरकारबीचको भावनात्मक सम्बन्ध गाढा बनेको छ । यसले कोरोनाको सम्भावित जोखिमलाई न्यूनीकरण गर्न सहज र सरल बनाउँदै लगेको छ । सम्भावित संक्रमणलाई मध्यनजर गरी सार्वजनिक सेवादेखि अन्तर्राष्ट्रिय उडानसम्म बन्द गरी सरकारले विपद्का बेलामा जनताको अभिभावकत्व लिन सफल भएको छ । विश्वमा कोरोना संक्रमण गहिरिँदै जाँदा अन्तर्राष्ट्रिय मात्र होइन, घरेलु आवागमनलाई समेत निगरानी र नियन्त्रणमा राखिनु आफंैमा एक सराहनीय कदम हो । समयावधिका हिसावले चैत्र ९ गतेदेखि चैत्र २१ सम्मको लगभग दुई साताको समयलाई निकै संवेदनशील रूपमा लिइएको छ ।


सरकारले सार्वजनिक, सामुदायिक तथा निजी तह÷संस्थाबाट दिइने अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द घोषणा गरी जनतालाई स्वेच्छिक तबरले ‘सेल्फ क्वारेन्टाइन’ वा ‘सेल्फ आइसोलेसन’ मा जान निर्माण गरिदिएको वातावरण अन्य देशभन्दा विशेष प्रकृतिको छ । यसका साथै कुनै त्रास वा अफवाहको भ्रममा नपर्न पनि जनतालाई बारम्बार सूचित गरिएको छ । कोरोना आफंैमा सरुवा रोग भएकाले यो मानिसमार्फत नयाँ ठाउँ र देशमा सर्ने वा भित्रिने प्रक्रियालाई मध्यनजर गरी सीमा नाकामा आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षाको चेकजाँचलाई प्राथमिकतामा राखिएको छ । साथै यसलाई राज्यको नीति र निर्णयअन्तर्गत राखी अनिवार्य स्वास्थ्य जाँचको व्यवस्था गरिएको छ ।

यो पनि पढ्नुहोस   जीवन र जीविकाको सवाल

यो काम छिमेकी मित्रराष्ट्रसँग आपसी सहकार्यमा सञ्चालन गरिएको छ । सार्क देशबीच कोरोनाविरुद्ध साझा सहकार्यको प्रतिबद्धता जाहेर गरिएकाले अन्तरदेशीय समन्वयमा निकै सहजता पैदा हुन गएको छ । विश्वमा यसरी क्षेत्रीयस्तरमा सहकार्यको हात बढाइएको यो एक उदाहरणीय कदम हो । यसले विश्वका अन्य देशले पनि केवल आफ्नै देशमा मात्र फर्किएर कोरोनाजस्तो महामारीसँग जुध्न सकिँदैन कि भनी पुनर्विचार गर्ने अवस्थामा पु¥याएको छ । यसका साथै नेपालका लागि कोरोनाको विपद् झेलेर सामान्य अवस्थामा आइसकेको उत्तरी छिमेकी देश चीनले आवश्यक परे जेजस्तो पनि सहयोग गर्न तयार रहेको जानकारी गराएको छ । आफंैले सम्भावित विपद् झेलिरहेको दक्षिणी छिमेकी देश भारतले पनि सहयोगका लागि आफूहरू तयार रहेको जानकारी दिइसकेको छ ।


हाल कोरोनाको संक्रमण नदेखिएको नेपालमा यसको सम्भावित संक्रमणबाट बच्न अपनाइएका अनुशासन तथा उपायहरू गम्भीरताका साथ आत्मसात् गरिएमा त्यो नै सबैभन्दा उत्तम उपाय हुने देखिन्छ । यसका लागि सरकारले मानिसको भिडभाड हुने स्थान जस्तै सिनेमा घर, विद्यालय, विश्वविद्यालय, डान्स बार, तारे होटल तथा क्लब हाललाई बन्द गर्न निर्देशन जारी गरेको छ । देशमा संक्रमण भित्रिन नदिन सचेतना जगाउने, निगरानी र क्वारेन्टाइनको प्रबन्ध मिलाउने र संक्रमितको उपचारको व्यवस्था मिलाउने रणनीति लिई सरकारले गम्भीरताका साथ लिएको छ ।

यसका साथै सरसफाइमा उचित ध्यान दिन, साबुन पानीले पटकपटक हात धुन, स्यानिटाइजर प्रयोग गर्न, भिडभाडबाट टाढै रहन, सकेसम्म घरमै बस्न, अत्यावश्यक वस्तुको अधिक सञ्चय नगर्न, हल्ला र अफवाहबाट भ्रमित र प्रभावित नहुन, चिकित्सक, विज्ञ तथा प्राविधिकको सल्लाहलाई पालना गर्न, धैर्यधारण गर्न र संयमता अपनाउन दिएको निर्देशन पालना गरी कोरोनाविरुद्धको साझा लडाइँमा एकजुट हुनु जरुरी हुन गएको छ ।

(Visited 62 times, 1 visits today)
Loading comments...

आजको समाचार

चन्द्रपुरमा उपमेयर कप महिला राष्ट्रिय कराते प्रतियोगिता हुने

रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा उप मेयर कप महिला राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आउदो मंसिर २८,२९ र ३० गते चन्द्रनिगाहपुर स्थित...

‘आयुर्वेदिक औषधीले कोरोना निको पार्छ, खोपमा अर्बौं खर्च गर्नुपर्दैन’

काठमाडौं । जडिबुटी अनुसन्धान तथा प्रशोधन केन्द्रका अध्यक्ष शिवलाल रोकायाले सरकारले कोरोना भाइरविरुद्धको खोप किन्न अरबौं रकम खर्च गर्नुभन्दा पनि आयुर्वेदिक औषधिहरुमा लगानी गर्नु...

सुन ताेलामा एक हजार ६०० वढ्याे

काठमाडाैं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला  एक हजार ६०० रूपैयाले उकालो लागेको छ । बुधबारका तुलनामा आज छापावाला सुन प्रतितोला रु एक...

इलाममा चिया परीक्षण तथा प्रबद्र्धन केन्द्रको शिलन्यास

इलाम । इलामको सूर्योदय नगरपालिकाको कन्याममा चिया परिक्षण तथा प्रबद्र्धन केन्द्र निर्माणको लागि शिलान्यास भएको छ । सूर्योदय नगरपालिकाको योजना अनुसार एक नम्बर प्रदेश...

तीन दिनभित्र कोरोना बीमा भुक्तानी गर्न अर्थमन्त्रालयकाे निर्देशन

काठमाडाैं ।  अर्थ मन्त्रालयले कोरोना बीमाको दाबी भुक्तानी तीन दिनभित्र गरिसक्ने व्यवस्था मिलाउन बीमा समितिलाई निर्देशन दिएको छ । पछिल्ला दिनमा कोरोना बीमा दाबी...

साताका लोकप्रिय समाचार

दुई देशबीचको समस्या समाधान गर्न भारत सकारात्मक

काठमाडौं । नेपाल र भारतको विदेश सचिवस्तरीय बैठक दुई देशबीच देखिएको समस्या समाधान गर्ने विषयमा केन्द्रित भएको छ । नेपालका परराष्ट्र सचिव भरतराज पौड्यालको...

देसैभर एनटीसीको फोरजी विस्तार

काठमाडौं । मुलुकका ७७ जिल्लामा नेपाल टेलिकमको फोरजी मोबाइल सेवाको पहुँच पुगेको छ । मोबाइल सेवाको स्वाभाविक विशेषताअनुसार सेवाको गुणस्तरमा भौगोलिक अवस्था, धरातलीय अवस्था...

चन्द्रागिरि हिल्सको साधारण शेयर बिक्री शुरु

काठमाडाैं ।  काठमाडौँ उपत्यकामा केवलकार सञ्चालन गर्दै आएको चन्द्रागिरि हिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्न थालेको छ । वास्तविक क्षेत्रलाई समेत शेयर बजारमा...

मुकेशको हत्यामा संलग्न २ पूर्पक्षका लागि जेल चलान

वीरगन्ज । पर्साको विन्दवासीनी गाउँपालिकाको नेपाल कम्युष्टि पार्टी (नेकपा) गाउँ कमिटिका सचिव मुकेश चौरसियाको हत्या आरोपमा पक्राउ परेका ५ अभियुक्त मध्ये २ जना पूर्पक्षका...

बिमा कम्पनीहरूको गैरजिम्मेवारीपन

पीसीआर परीक्षणपछि परीक्षणको प्रमाण लिएर बिमा कम्पनीकहाँ बिमा गरेका बिमितहरूलाई दाबी गरिएको रकम भुक्तानी दिनू भनी अर्थ मन्त्रालयले निर्देशन दिए पनि निर्देशित बिमा कम्पनीहरूले...

ट्रेन्डिङ

डिजिटल भेलाबाट चलचित्र पत्रकारिता दिवस

काठमाडौं । हरेक ७ जेठलाई चलचित्र पत्रकार संघले आफ्नो वार्षिक उत्सव तथा चलचित्र पत्रकारिता दिवसको रूपमा मनाउँदै आएको छ । यो दिवस यसपटक डिजिटल...

जम्बुको पहिरोमा बेपत्ता २० जनाको खोजी जारी, एकको जीवितै उद्धार

चौतारा । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ जम्बुमा बुधबार राति गएको बाढीपहिरोले बेपत्ता भएका २० जनाको खोजी जारी रहे पनि लगातारको वर्षाले सडक अवरुद्धका कारण कठिनाइ...

प्रधानमन्त्रीलाई अदुवा, लसुन र बेसार उपहार

सप्तरी, राजविराज । कोरोना भाईरस महामारी रोकथाम तथा नियन्त्रणमा ध्यान नदिई सरकार भ्रष्टाचारमा लिप्त रहेको तथा हावादारी कुरा गर्ने गरेको भन्दै सप्तरीका विभिन्न संघ...

उखुकाे समर्थन मुल्य ६२० रुपैयाँ नबनाए आन्दोलन गर्ने उखु किसानको चेतावनी

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रलायले चालू आर्थिक वर्षको उखुको समर्थन मूल्य ५४४ रुपैयाँ सिफारिस गर्ने तयारी गरेको छ । उखुको नगद अनुदान प्रतिक्विटल...

पहिलो प्रेम बिछोडले नै पीडा दियो

लोकदोहोरी गीतको भिडियोमा पछिल्लो समय धेरै छाएकी मोडलमा पर्छिन्, सरिष्मा रामजाली मगर । बेनी नगरपालिका–९, बाछेपकी उनी स्कुले जीवनदेखि नै नृत्यमा सिपालु थिइन् ।...

सप्तरीमा कोरोना संक्रमितको शव उठेन

सप्तरी । कोरोना सङ्क्रमणबाट आइतबार दिउँसो मृत्यु भएकी सप्तरीको विष्णुपुर गाउँपालिका–३ की ६२ वर्षीया महिलाको शव अझै उठ्न सकेको छैन । रुघाखोकी र ज्वरो लागेपछि...

चलचित्र ‘बा’ बनाउँदै एभरेस्ट सूर्य बोहरा

काठमाडौं । निर्माता निर्देशक एभरेस्ट सूर्य बोहोराले भदौबाट सुरु गर्ने भनिएको नयाँ फिल्मको छायांकन तीन महिनापछि सारेका छन् । उनले कोरोनाको अवस्था सामान्य हुनासाथ...

एसिड आक्रणकारीविरुद्ध सरकारको कदम प्रशंसनीय

सरकारले अध्यादेशमार्फत एसिड आक्रमण गर्ने विरुद्ध कठोर सजायसहितको नयाँ कानुन ल्याएको छ । अध्यादेशमा कडा सजाय प्रस्ताव गरिएपछि जनतामा त्रास र आतंकको वातावरण सिर्जना...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

‘आयुर्वेदिक औषधीले कोरोना निको पार्छ, खोपमा अर्बौं खर्च गर्नुपर्दैन’

काठमाडौं । जडिबुटी अनुसन्धान तथा प्रशोधन केन्द्रका अध्यक्ष शिवलाल रोकायाले सरकारले कोरोना भाइरविरुद्धको खोप किन्न अरबौं रकम खर्च गर्नुभन्दा पनि आयुर्वेदिक औषधिहरुमा लगानी गर्नु...

इलाममा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन

इलाम । इलाम चोकबजारमा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री राम बहादुर थापा ‘बादल’ को पुत्ला दहन भएको छ । नेपाल बिद्यार्थी संघ इलामले...

विमानस्थलमा लागेको आगो नियन्त्रणमा

सिमकोट । सिमकोटस्थित विमानस्थलको कर्मचारी बस्ने क्वाटरमा लागेको आगो नियन्त्रणमा आएको छ । आज बिहान ४ बजे लागेको आगो ३ घण्टापछि पूर्णरुपमा नियन्त्रणमा आएको...

धान काट्दा विवाद भएपछि छोराले गरे लाठिले हानेर बाबुको हत्या

काठमाडौं । आफ्नै ७० वर्षीय बुबालाई हत्या गरेको अभियोगमा ४० वर्षिय पुरुष पक्राउ परेका छन् । गाेरखाकाे सिरानचोक गाउँपालिका ८ धन्सार बस्ने तुलाराम ढकालको हत्या...

भर्खरै

कोरोना संक्रमणबाट ९७ बर्षीय बृद्धको निधन

लमजुङ । लमजुङमा कोरोना संक्रमणका कारणले बिहीबार ९७ बर्षीय एक बृद्धको कोरोना संक्रमणपछि निधन भएको छ । लमजुङ जिल्ला अस्पतालको आइसोलेसनमा उपचारको क्रममा उनको...

मुकेशको हत्यामा संलग्न २ पूर्पक्षका लागि जेल चलान

वीरगन्ज । पर्साको विन्दवासीनी गाउँपालिकाको नेपाल कम्युष्टि पार्टी (नेकपा) गाउँ कमिटिका सचिव मुकेश चौरसियाको हत्या आरोपमा पक्राउ परेका ५ अभियुक्त मध्ये २ जना पूर्पक्षका...

भारतीय कलाकार रजनीकान्तद्धारा नयाँ पार्टी खोल्ने घोषणा

मुम्बइ । भारतका चर्चित चलचित्र कलाकार रजनीकान्तले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् । विषेश गरेर तमिल सिनेमाबाट धेरै चर्चामा रहेका रजनीकान्तले आफूले नयाँ...

भारतको गोवामा एक नेपालीको मृत्यु

गाेवा । गएकाे डिसेम्बरमा रोजगारीका सिलसिलामा भारत‍ गएका दाङ बबई गाउपालिका वाडा नं ४ सुन्दरखाल निवासी वर्ष ३४ का कविराज नेपालीको मृत्यु भएकाे छ...

धेरै पढिएका

ट्रकको ठक्करबाट प्रहरी हवल्दारको ज्यान गयो

महेन्द्रनगर । पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तरगत पर्ने कञ्चनपुरको वेदकोट नगरपालिकामा ट्रक र मोटरसाइकल ठोक्किदा एक जनाको ज्यान गएको छ । बेदकोट नगरपालिका वडा नम्बर...

क्रिकेट टोली बन्द प्रशिक्षणमा

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली नौ महिनापछि प्रशिक्षणमा फर्किएको छ । बिहीबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नौ खेलाडीले प्रशिक्षण सुरु गरेसँगै टोली...

स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा स्रोतको कमी हुँदैन : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा स्रोतको कमी नहुने बताएका छन् । ललितपुरको गोदावरी नगरपालिकमामा बज्रबाराही चापागाउँ अस्पतालको १५ शैया भवन निर्माणको...

अस्ट्रेलियाको सानदार जित

सिड्नी । घरेलु टोली अस्ट्रेलियाले भारतविरुद्धको पहिलो एक दिवसीय खेलमा जित निकालेको छ । अस्ट्रेलियाले भारतलाई ६६ रनले पराजित गर्दै तीन ओडीआई सिरिजमा १–०...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   टेलिभिजनहरूको नाममा विभेद किन र कहिलेसम्म ?

शिकार खेल्न जाँदा साथीलाई गाेली हान्ने ३ जना पक्राउ

(Visited 90 times, 1 visits today)