मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत शुक्लाफाँटा नगरपालिका–५ अर्जुनी ब्यारेक नजिक मोटरसाइकल दुर्घटना हुँदा कृष्णपुर नगरपालिका–९ का २४ वर्षीय हरिश ऐरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

से ७ प २८४२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय जनाएको छ । दुर्घटनामा परि गम्भरि घाइते भएका उनको माहाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 185 times, 1 visits today)

epaper

ताजा समाचार

मेल–इन मतदान रोक्ने ट्रम्पको प्रयासमा सर्वोच्च अदालतको रोक