कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले सडक अतिक्रमण हटाउने भएको छ । नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै नगरप्रमुख केशव कुमार श्रेष्ठले राजमार्गको दुवै तर्फ सडक मिचेर व्यवसाय गर्ने, पशुचौपया राख्ने सडक अतिक्रमण हटाउने बताए ।
पालिकको भित्री सडकमा समेत पशु चौपया राख्ने, धान सुकाउने, घर निर्माणमा सामाग्री राखेर हिँडडुल गर्न असहज बनाएको हुँदा त्यस्ता काम हटाउने बताए ।
मेयर श्रेष्ठले पालिका भित्र विग्रिएका सिसिटिभी क्यामरा समेत मर्मतको चरणमा रहेको बताए । उनले पालिकाले शिक्षा, सडक, कृषिको विकासको लागि थप योजना अगाडी बढाएको बताए । सार्वजनिक सुनुवाईमा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश गौतमले नगरपालिकाले कार्यालय सञ्चालनमा उत्कृष्ठा काम गर्दै जनताको मन जित्न सफल भएको बताए । पालिकाको कामलाई पारदर्शी, जवाफदेही र जनमुखि बनाउँदै लैजाने मा विश्वस्त रहन नगरवासीलाई आग्रह गरेका छन् ।






