आज ज्येष्ठ सदस्य राणाले शपथ गराउँदै

काठमाडौं । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित सांसदको शपथ आज बिहीबार हुँदै छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले प्रतिनिधि सभामा निर्वाचित अन्य सदस्यलाई शपथ गराउँदै छन् । शपथ दिउ“सो १ बजे हुने संसद् सचिवालयले जनाएको छ ।

बुधबार प्रतिनिधिसभाको ज्येष्ठ सदस्यका रूपमा जबराले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । संविधानमा ज्येष्ठ सदस्यलाई राष्टपतिले र अन्य सदस्यलाई ज्येष्ठ सदस्यले शपथ गराउने उल्लेख छ ।

यस्तै, सभामुख चयन नुहँदासम्म ज्येष्ठ सदस्यले नै बैठक सञ्चालन गर्ने व्यवस्था संविधानमा छ । सोही व्यवस्थाअनुसार जबराले सभामुख चयन नहुँदासम्मका लागि संसद्को नेतृत्व गर्नेछन् ।

जबरा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फबाट निर्वाचित भएका थिए । प्रत्यक्ष निर्वाचित १ सय ६५ र समानुपातिक तर्फबाट निर्वाचित १ सय १० जनामध्ये ज्येष्ठ सदस्य जबरा नै रहेको भन्दै निर्वाचन आयोगले संसद् सचिवालयलाई पत्र पठाएको थियो । उनी ८१ वर्षका हुन् । जबराको जन्म २५ वैशाख १९९८ मा काठमाडौंको महाराजगन्जमा भएको उल्लेख छ ।

यसअघि २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछिको संसद्को पहिलो बैठकको सञ्चालन गर्दै ज्येष्ठ सदस्यका रूपमा महन्थ ठाकुरले शपथ गराएका थिए ।

शपथअघि सर्वदलीय बैठक
प्रतिनिधिसभाका सदस्यको शपथअघि सर्वदलीय बैठक हुँदै छ । संसद् सचिवालयले प्रतिनिधिसभाको कामकारबाहीको प्रक्रिया’bout जानकारी दिन भन्दै ज्येष्ठ सदस्यका रूपमा राष्टपतिबाट शपथ लिएका पशुपतिशमशेर जबराको अध्यक्षतामा बिहीबार आज) १२ बजेका लागि सर्वदलीय बैठक डाकेको हो ।

संसद् सचिवालयले १ बजेका लागि सांसको शपथ तोकेको छ । त्यसअघि १२ बजे सर्वदलीय बैठक बस्ने गरी प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने १२ दलबाट एक एक जना र स्वतन्त्र पाँच जना सांसदलाई संसद् सचिवालयले बैठकमा डाकेको हो ।

बैठकमा शपथसम्बन्धी कार्यक्रम र प्रक्रियाको जानकारी तथा सांसदले पाउने सेवा सुविधालगायत विषयमा महासचिव र कार्यव्यवस्था महाशाखाका अधिकारीले जानकारी दिने बताइएको छ । बैठक नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बस्दै छ ।

तपाइको प्रतिक्रिया
(Visited 283 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनकौलमा कांग्रेसको खाता खुल्यो, अध्यक्षमा साह उपाध्यक्षमा सहनी बिजयी