सामाजिक सुरक्षा कोषको फराकिलो दायरा

समयसँगै कामले काम सिकाउँछ भन्थे, हो रहेछ । सरकारले आगामी वैशाखदेखि स्वेच्छिक वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारलाई सामाजिक सुरक्षाकोषमा आबद्ध गर्न सकिने गरी नयाँ कार्यविधि निर्माण गरेपछि यसले नेपाली युवामा हौसला प्रदान गरेको छ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषको दायरा थप फराकिलो बनाएसँगै वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार पनि घरेलु कामदारसरह सामाजिक सुरक्षा कोषमा आबद्ध हुन पाउने ढोका खुलेको छ ।

यसरी खुला गरिएको ढोकाबाट वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारले संसारको जुनसुकै कुनाबाट पनि अनलाइन माध्यमबाट जोडिएर सहजै कोषमा पैसा जम्मा गर्न पाउनेछन् । यो कार्यविधिले यसअघि भएको स्वदेशी विभिन्न रोजगारदाता कम्पनी, उद्योग, प्रतिष्ठानका कामदार मात्र कोषमा आबद्ध हुने सीमित दायरालाई विश्वव्यापी बनाएपछि दुर्घटना बिमा, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्थामा पेन्सन सुविधासमेत पाउने भएका छन् । यसका लागि काम गर्ने देश, कम्पनी, आदिको विवरणका साथै स्वघोषणा र रोजगारदाता कम्पनीको नियुक्तिपत्रको प्रतिलिपि प्रमाणका रूपमा कोषमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।

साथै, कोषमा आबद्ध भएपछि श्रमिकका लागि तोकेको मासिक न्यूनतम १५ हजारको २१ दशमलव ३३ प्रतिशतका दरले न्यूनतम योगदान रकम नियमित कोषमा जम्मा गर्नुपर्नेछ । देशभित्र होस् वा देशबाहिर, श्रमिकले गरेको योगदान रकमलाई कुल रकम मानी त्यसको ७ दशमलव ४८ प्रतिशत रकम दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनामा विनियोजन गरिने भएपछि यसले सम्बन्धित व्यक्तिको पारिवारिक सुरक्षामा टेवा पु¥याउने देखिएको छ । जम्मा गरिएको रकमको १३ दशमलव २५ प्रतिशत रकम वृद्धावस्था सुरक्षा योजना सुरक्षित रहने भएकाले यसले पेन्सनको काम गर्ने देखिएको छ । पैसा कमाइ हुँदा त्यसको सदुपयोग गर्न नसक्नेका लागि यो सुरक्षित दीर्घकालीन उपयोगको तरिका पनि हो । राज्य नै जनताको कमाइ सुरक्षा गर्ने र योगदानबापत आएको पैसा राज्यले पनि देशको विकास निर्माण कार्यमा सदुपयोग गर्न पाउने यो उत्तम अवसर र उपयोग पनि हो । राज्यले नेपाली कामदारको अभिभावकका रूपमा जिम्मा लिन सक्नु र नेपाली मजदुरले ढुक्क भएर आर्थिक जीवनको सदुपयोग गर्न पाउने खालको सरकारी संरक्षण र सुरक्षा पनि पाउनु सुखद कुरा पनि हो ।

अहिलेसम्म आफूखुसी कोषमा सहभागी हुन चाहने सूचीकृत हुने रोजगारदाताको संख्या मात्र १७ हजार ५ सय ३५ पुगी सक्नु खुसीको कुरा हो । यसै गरी सूचीकृत योगदानकर्ताको संख्या ३ लाख ८० हजार ९ सय ८२ पुगिसकेको छ । वैशाखबाट लागू गरिने भनिए पनि अहिले निकै उत्साहवद्र्धक रूपमा देखिएको नेपाली मजदुरको सहभागिताले कोषले लिएको दूरगामी परिकल्पना र वस्तुवादी सोचलाई कार्यान्वयन स्तरमा पु-याएको छ । यो बेला वैदेशिक रोजगारमा रहेका नेपाली मजदुरको कोषमा देखिएको आकर्षण र सहभागिताको चाहनाले कार्यक्रमले सफलता पाउने र सरकारले यसका लागि थप सार्थक कार्यक्रम ल्याउने वातावरण सिर्जना गर्नुपर्ने देखिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 181 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
संखुवासभामा एमाले भन्दा गठबन्धन अगाडी