ठमेलको रात्री समस्याकाे जानकारी उपत्यका प्रहरी कार्यालयलाई

काठमाडौं । ठमेलका स्थानीयबासीले रात्री समस्या उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा जानकारी गराएका छन् । काठमाडौं महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले ठमेलको रात्री समस्या’bout प्रहरीलाई जानकारी गराएको हो ।

वडाध्यक्ष तिवारीले मंगलबार ठमेल क्षेत्रमा राती स्थानीयबासीहरूले भोगिरहेका समस्या र यस क्षेत्रका अधिकांश घरधनीहरूले हस्ताक्षर गरेको निवेदन प्रहरी कार्यालयमा बुझाए । पूर्ववडाध्यक्ष विश्वमवरलाल प्रधानले ठमेलको समस्या भनेकै राती हुने हो–हल्ला र यौनकर्मीको जमात जम्मा भई बस्ने र परिवारसँग हिडडुल गर्न अप्ठ्यारो हुने जानकारी गराए ।

यसै गरी आजैबाट ठमेल क्षेत्रमा रातको समय ५० जना सुरक्षाकर्मी थप गरी दिने काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 501 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोसी-त्रिशूली बाढीमा ज्यान गुमाउनेकाे संख्या ६६९ पुग्याे