४२ लाख ८० हजार डोज कोल्डस्टोरमै थन्कियो

काठमाडौं । सात प्रदेशसहित स्वास्थ्य सेवा विभागको कोल्डस्टोरमा ४७ लाख डोजभन्दा बढी खोप थन्किएको पाइएको छ । त्यसमध्ये साइनोभ्याक र भेरोसिल गरेर ४२ लाख ८० हजार डोज खोप थन्किएको छ ।

सो संख्यामा मौज्दात रहेको खोप खेर जाने अवस्थामा समेत छ । विश्व स्वास्थ्य संगठनले यी दुवै खोपलाई बुस्टर डोजका रूपमा दिन अनुमति दिएको छैन । ४७ लाखमध्ये बाँकी ४ लाख ८० हजार फाइजर खोप भने बालबालिकालाई प्रयोग गर्न सकिने अवस्थामा छ ।

४२ लाख ८० हजार डोज कोल्डस्टोरमा मौज्दात रहेकै अवस्थामा सरकारले कोरोना भाइरसविरुद्धको चौथो डोज खोप ल्याउने तयारी गरेको छ । पहिलो, दोस्रो र तेस्रो डोज खोप लगाइसकेका नागरिकलाई चौथो डोज दिनेगरी फाइजर खोप ल्याउन लागिएको हो ।

कोरोनाविरुद्धको चौथो ‘डोज’ खोप ल्याइँद

सरकारले छिमेकी मुलुकमा कोभिड–१९ को संक्रमण फरक स्वरूपमा फैलिँदै गएपछि सचेत रहन आमजनतामा आग्रह गर्दै गर्दा दोस्रो बुस्टर मात्राको खोप ल्याउन प्रक्रिया अघि बढाएको हो । सो खोप कोभ्याक्स सुविधामार्फत ल्याइँदै छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख सागर दाहालले पहिलो चरणमा ३० लाख फाइजर खोप ल्याउन प्रक्रिया अघि बढाइएको जानकारी दिए । उनका अनुसार त्यसमध्ये १५ लाख दोस्रो बुस्टर डोजका रूपमा प्रयोग हुने छ भने बाँकी १५ लाख पहिलो र दोस्रो मात्रा लगाएकालाई पहिलो बुस्टर डोजका रूपमा दिइनेछ ।

दोस्रो बुस्टर मात्राका लागि ल्याइने खोप जनवरी अन्तिमसम्ममा नेपाल आइपुग्ने दाहालले बताए । सो खोप ल्याउन औषधि व्यवस्था विभागले बुधबार मात्रै अनुमति दिएको छ । विभागका सूचना अधिकारी सन्तोष केसीका अनुसार आपतकालीन प्रयोगका लागि फाइजर खोपको बुस्टर डोजलाई अनुमति दिइएको हो ।

यसअघि सो खोप १२ वर्षमुनिका बालबालिकालाई पहिलो र दोस्रो डोजका रूपमा लगाइएको थियो । तर, अहिले भने एडल्ट फाइजर खोपलाई बुस्टरका रूपमा मात्रै प्रयोग गरिनेछ । यसअघि भने सरकारले १८ वर्षमाथिका नागरिकलाई एस्ट्राजेनेका, कोभिसिल्ड खोप बुस्टर डोजका रूपमा दिइएको थियो । परिवार कल्याण महाशाखाले चौथो डोज खोप दिने निर्णय भने गत २० कात्तिकमा नै गरेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेकाले यसको रोकथाम तथा नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्डसँगै बुस्टर डोज खोप लगाउन अपिल गरिरहेको छ । तर, सरकारको आग्रहअनुसार तत्काल बुस्टर डोज दिन सरकारसँग खोप भने छैन । सरकारी तथ्यांकअनुसार अझै १ करोड ३० लाख जनसंख्या बुस्टर डोज लगाउन बाँकी छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार १२ वर्ष र सोभन्दा माथिका २ करोड २३ लाख २४ हजार ९ सय ३३ जनाले दुई डोज र २ करोड ३२ लाख ८ हजार ४ सय ८३ जनाले पहिलो डोज खोप लगाएका छन् ।

तर, बुस्टर डोज खोप लगाउनेको संख्या भने ७९ लाख ७२ हजार ७ सय ९१ मात्रै छ । दोस्रो बुस्टर डोज ६ वटा समूह छुट्याएर दिइनेछ । जसअनुसार ५५ वर्ष वा सोभन्दा माथिका सबै नागरिक, रोग प्रतिरोध क्षमता कम र धेरै कम भएका बिरामी, दीर्घरोग भएका बिरामी, गर्भवती र स्वास्थ्यकर्मी प्राथमिकतामा छन् ।

तपाइको प्रतिक्रिया
(Visited 81 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

चुडामणि शर्माविरुद्ध ११ अर्ब हिनामिनाको मुद्दामा साक्षी झिकाउन आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
यस्ताे छ भरतपुरकाे ताजा अपडेट, रेणुकाे अग्रता कायमै