भीरबाट लडेर एकको मृत्युु 

गुल्मी । गुल्मीमा भीरबाट लडेर एक जनाकाे मृत्युु भएको छ । जिल्लाकाे धुर्काेट गाउँपालिका -२ पिपलधाराकी ५२ बर्षिया शिवकला खनालकाे मृत्युु भएको हाे ।

मंगलबार दिउँसो घर नजिकै घाँस काट्न गएकी उनी भीरबाट लडेकि थिइन् । घाइते खनाललाई स्थानीयले देखेर उद्वार गरेकाे केही समयमै उनकाे ज्यान गएको प्रहरीले जनाएको छ । खनाल भीरबाट करिब दुई सय मिटर तल झरेकी थिइन् ।

शवलाई अहिले पाेष्ट मार्टमकाे लागि गुल्मी अस्पताल ल्याउदै गरेकाे प्रहरी उपरिक्षक अर्जुन रानाभाटले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 151 times, 1 visits today)

epaper

ताजा समाचार

सुनकोशीमा कारसहित बेपत्ता तीन जनाको खोजीका लागि बिहानैबाट गोताखोरसहितका सुरक्षाकर्मी परिचालन