काठमाडौं । नेपाली पप आधुनिक मध्य युट्युव च्यानलमा सबैभन्दा बढी भ्युज पाएको गीत दाही फुल्यो बैंशैमाका गायक आशिष सचिन गौतमले आफ्नो जन्म दिन बिहिबार बेलुका अनाथ बालबालिकासँग मनाएका छन् ।
हालै ३० लाख रुपैयाँ पारिश्रमिक लिएर उनी ओएसआर डिजिटल कम्पनीमा एक वर्षका लागि ८ वटा गीत र त्यसको म्युजिक भिडियोका लागि आबद्ध भएका थिए । त्यसपछि उनी यतिबेला सामाजिक कार्यक्रमा उत्रिएका छन् ।
उनले काठमाडौंको बुढानिलकण्ठ ५ डाँडा गाउँमा रहेको ‘अनाथ असाहाय बाल सुधार समाज’ रहेका बालबालिकाहरुका लागि केही समय पुग्ने खाद्यान्न र केही आर्थिक सहयोग प्रदान गर्दै उनीहरुसँग केक काटेर जन्म दिन मनाएका हुन । सो आश्रममा रहेका ३३ जना बालबालिकालाई खाना खुवाउँदै उनले ती बालबालिकाको शिक्षामा पनि सहयोग गर्ने बताएका छन् ।
अनाथ बालबालिकालाई गायक आशिष सचिनले आफ्ना केही चर्चित गीतहरु सुनाए । उनको गीतमा बालबालिका नाचेका थिए ।
‘जन्म दिनमा हुने फजुल खर्च अनाथ बालबालिकाहरुको लागि उपयोग होस भनेर मैले यहाँ आएर जन्म दिन मनाएको हुँ ।’ गायक आशिष सचिनले राजधानीसँग भने,‘बिगतमा पनि मैले जन्मदिनमा विभिन्न समाजिक कार्य गर्दै आएको छु ।’
२१ जना बालक र १२ बालिकाहरु रहेका सो आश्रममा यी गायकले आफ्नो जन्म दिन मनाएर केही क्षण भएपनि बालबालिकालाई खुसी तुल्याएका सँस्थाका कोषाध्यक्ष सदिप केसीले बताए ।






