भारतीय नागरिकले तीन जिल्लाका एकल महिलाको हत्या गरेको पुष्टि


अर्घाखाँची । भारतीय नागरिक एकै प्रकारका तिन वटा घटनामा संलग्न भएको पुष्टि भएको छ । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १० सिद्वाराकी राधा थापालाई गत पुष १७ गते हत्या गरि पक्राउ परेपछि थप अनुसन्धानको क्रममा यस्तो खुलेको हो ।

भारतको गुडगाँव हरियाणा घर भई शितगंगा नगरपालिका १० मा ससुराली भएका २३ वर्षीय सुशान्त सिंहले थापा दुध लिन गएको समयमा गहरगहना लुटनको लागि सिद्वाराकै बखोरकै खोल्सामा पुगेकी ती महिलालाई ढुङ्गा र हँसियाले हानी हत्या गरेका थिए ।

अर्घाखाँची सहित गुल्मी र कपिलबस्तुका तीन एकल महिलाको हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरिक्षक मुकुन्द रिजालले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

कपिलबस्तुको बिजयनगर गाउँपालिका ४ मा पनि सोही प्रकृतिको घटना घटेको अनुसन्धानमा खुलेको छ । सिंहले असोज १४ गते राति ७० वर्षिय योगमाया गैरेको घरमा पुगि घाटी दबाई हत्या गरी सुनका गरगहना र नगद लुटी चन्द्रौटा हुदै भारत गएको खुलेको छ ।

यस्तै गुल्मी ईस्मा गाउँपालिका ५ मा बस्ने ७५ वर्षिय जीवकला थापाको कार्तिक २८ गते घाँटी थिची हत्या गरी सुनका गरगहना लुटी फरार भएको अनुसन्धानमा खुलेका प्रहरी नायब उपरिक्षक रिजालले बताए । एकल महिला गरगहना बढी लगाउने लेकेसन पत्ता लगाएर उनी घटनामा सक्रिय भएको देखिएको छ । अहिले उनकी श्रिमती २२ वर्षिय शिवा परिवारलाई पनि प्रहरीले थप अनुसन्धानको लागि पक्राउ परेको बताईएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 88 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

चुडामणि शर्माविरुद्ध ११ अर्ब हिनामिनाको मुद्दामा साक्षी झिकाउन आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
दम्भले एमालेलाई घाटा