म्यानचेस्टर सिटी र आर्सनल भिड्ने

लन्डन । आर्सनलले एफए कपको चौथो चरणमा म्यानचेस्टर सिटीसँगको भेट पक्का गरेको छ । सोमबार राति अक्सफोर्डमाथि ३–० को सहज जितसहित आर्सनल चौथो चरणमा प्रवेश गरेको हो । 

सिटीले आइतबार चेल्सीमाथि ४–० को जितसहित चौथो चरणमा स्थान बनाएको थियो । आर्सनल प्रिमियर लिगको पछिल्लो खेलमा न्युक्यासल युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो । प्रिमियर लिगमा आर्सनलले शीर्ष स्थानमा साबिकको विजेता सिटीलाई पाँच अंकले पछि पारेको छ ।

एफए कपअन्तर्गत सोमबार राति खेलको ६३औं मिनेटमा मोहम्मद इल्नेसको गोलमा आर्सनलले अग्रता लिएको थियो । त्यसको सात मिनेटपछि नै इडी एनकेइटाले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारेका थिए  । ७६औं मिनेटमा एनकेइटाले आर्सनलको अग्रता ३–० मा पुर्याएका थिए । 

तपाइको प्रतिक्रिया
(Visited 68 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राष्ट्रपतिका लागि विश्वासको मत खोज्दै कांग्रेस

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
गठबन्धनको निर्णयबिनै माओवादी र एकीकृत समाजवादीबाट उम्मेदवार सिफारिस