काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले सिभिल बैंकको भीमसेनस्थान शाखाको उद्घाटन गरेका छन् । सो अवसरमा उनले नेपालबाट बिदेसिएको जनशक्तिले अहिले आफ्नै देशमा फर्की बैंकबाट कर्जा लिई आफ्नै देशमा रोजगारीको सिर्जना गरेको र यसरी सबैले आआफ्नो क्षेत्रबाट वित्तीय योगदान पु¥याएमा देश आफंै समृद्ध हुने बताए ।
समारोहमा काठमाडांै महानगरपालिका–२० का वडाध्यक्ष राजेन्द्र मानन्धरले आफ्नो वडामा खोलिएको पहिलो बैंक भएकोमा सिभिल बैंकलाई बधाई तथा धन्यबाद दिए । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सिभिल बैंक भीमसेनस्थान शाखाले यस क्षेत्रका सम्पूर्ण बचतकर्ता उद्यमी, व्यवसायी तथा स्थानीयलाई उच्चस्तरीय बैंकिङ सेवा तथा सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाए । सो भेगको अर्थतन्त्र उकास्नका लागि ब्यापार व्यवसाय, पर्यटनजस्ता क्षेत्रमा लगानी बढाउँदै यस भेगको समृद्धिका लागि दत्तचित्त भएर काम गर्ने बताए ।
सिभिल बैंकका अध्यक्ष ई. इच्छाराज तामाङले सिभिल बैंक समाजसँग निकट भएर सञ्चालन गर्ने नीतिअनुरूप भीमसेनस्थान क्षेत्रमा नेवारी संस्कृतिअनुरूप गरिएको र बैंकले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने कुरा बताए ।
सो अवसरमा बैंकका अध्यक्ष तामाङले परोपकार आदर्श माविको कक्षा नौमा अध्ययनरत सुनी राईलाई मासिक ३ हजार रुपैयाँका दरले एक वर्षको जम्मा ३६ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका थिए ।
उक्त शाखाको उद्घाटन समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, सिभिल बैंकका अध्यक्ष ई. इच्छाराज तामाङ, सिभिल बैंकका सञ्चालक समितिका सदस्य भीमानन्द ढुंगाना, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेल, सिभिल बैंकका चिफ क्रेडिट अफिसर सचिनजङ रायमाझी, सिभिल बैंकका बाग्मती प्रदेशका प्रमुख भोलाबहादुर विष्टलगायत सो क्षेत्रका राजनीतिक व्यक्तित्व, उद्योगी, व्यवसायी, गन्यमान्य व्यक्तिको उपस्थिति रहेको थियो ।