एकताका पर्याय पृथ्वीनारायण

पृथ्वीनारायण शाहको पनि बहुपहिचान रहेको पाइन्छ । विभिन्न राज्य–रजौटा, भुरे–टाकुरे, स–साना आकारमा छरिएर रहेका हिमाली राज्यलाई एकीकरणको सूत्रमा बाँधी एउटा बलियो हिमाली राष्ट्र खडा गर्ने अभियन्ताका रूपमा पृथ्वीनारायण शाहको पहिचान छ । मूलतः देशको सिमाना व्यापक र सुदृढ बनाउने चाहना राख्ने चिन्तकका रूपमा उनको अर्कै प्रकारको पहिचान पाइन्छ । यसरी कतिपयले उनलाई राजाका रूपमा हेर्ने गरेका छन् । तर, उनको क्रियाकलाप अध्ययन गर्दा नेपाल राष्ट्र निर्माता, राष्ट्राध्यक्ष, राष्ट्रप्रेमीको पहिचानसमेत छ भन्नुपर्ने हुन्छ । नेपालमा शाहवंशको राज रहुन्जेल राष्ट्रनिर्माताका रूपमा पृथ्वीनारायण शाहको महिमा गायन गरियो । उनलाई दैवी शक्तियुक्त महान् शासकका रूपमा स्थापित गरियो । उनको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसमा रूपमा राज्यले मनाउने गरेको थियो ।

राणा शासनको अन्त्यपछि शाहहरूको जय गान सुरु भएको हो । प्रजातन्त्रको उदय प्रचार्य अपहरणपछि पञ्चायती शासनसँगै शाहवंशको पनि अभ्युत्थान भयो । यही क्रममा पृथ्वीनारायण शाहको देवत्वकरण गरिएको थियो । त्यो उनको अधिमूल्यन हो । पृथ्वीनारायण कुनै अलौकिक गुणयुक्त महान शासक थिए भन्ने ऐतिहासिक तथ्यबाट सिद्ध हुँदैन । फलतः पृथ्वीनारायण शाह नेपालका राष्ट्रनिर्माता, युग, पुरुष, राष्ट्रभक्त र सर्वोपरिरूपमा आधुनिक नेपालका निर्माता हुन् । उनी सारा जीवन राष्ट्रनिर्माणका निम्ति लगाउने एकमात्र ठूला तपस्वी हुन् ।

एकीकरणका दौरानमा विविध संघर्ष र पराजयको सामाना गर्नुपरे तापनि क्रमशः एक एक खुड्किला पार गर्दै जानु उनको अदभ्य साहस र तीव्र देशभक्तिको परिचायक हो । यस्ता राष्ट्रप्रेमी युग पुरुषको चर्चा गर्दा हामी नेपालीको मनमस्तिष्कमा सर्वप्रथम राष्ट्रनिर्माता पृथ्वीनारायणतर्फ उन्मुख हुन्छ । उनको विराट व्यक्तित्वका अमूल्य भावनाको चर्चा नेपालीले जति गरे पनि थोरै नै हुन्छ ।

पृथ्वीनारायण शाहको ३०१औं राष्ट्रिय एकता दिवस यही पौष २७ गते विभिन्न कार्यक्रमका साथ विदेशलगायत नेपाल अधिराज्यभरि धुमधामसाथ मनाउने कार्य गरिन्छ । मूलतः पृथ्वीनारायण शाहको २१औं शताब्दीमा आएर पनि दिव्योपदेश त्यतिकै सान्दर्भिकता देखिएको छ । अपितु उनको दिव्योपदेश ‘न्यायनिसाप बिगान्र्या भन्या घुस दिन्या र घुस खान्या हुन् यी दुईको त धन जीव गरिलिया पनि पाप छैन् । यी राष्ट्रका सतुर हुन्’ भन्ने राष्ट्रनिर्माताको दिव्योपदेशको सान्दर्भिकता आज पनि उत्तिकै छ । पछिल्ला वर्षहरूमा राज्यका सबैजसो निकाय भ्रष्टाचारको दलदलमा फसेको देखिएको छ । एकातिर मुलुकको साधनस्रोतको दुरुपयोग भएको छ भने अर्कोतिर सीमित व्यक्तिले पदको आडमा भ्रष्टाचारलाई बढावा दिइरहेको छ ।

पृथ्वीनारायण शाहको योगदानको उपेक्षा गर्ने सरकारको पहिलेको गलत निर्णय सच्याउने समय आएको छ

यसको साथसाथै पृथ्वीनायरायणले उतिबेलै सचेत गराएका थिए । यद्यपि, साहू महाजन विदेशीलाई गौरापर्साभन्दा माथि आउन नदिनू तिनी आए देशलाई कंगाल गन्र्या छन् । वास्तवमा उनीप्रतिको आक्रोश पनि यिनै कारणले हो । उनले मुलुकलाई जोगाउन त्यो बेला अख्तियार गरेका नीतिकै कारण कालान्तरमा उनको इतिहास मेटाउन खोजिएको हो । त्यस्तै, उनले यो मुलुकलाई दुई ढुंगाबीचको तरुल भनेर कूटनीतिक दृष्टिले पनि भनेका थिए । यता उत्तरको छिमेकी देश चीनको बादशाहसँग ठूलो घाहा राम्रो सम्बन्ध राख्नु, दक्षिणको समुन्द्रको बादशाहसित घाहा त राख्नु तर त्यो महाचतुर छ । उहाँको दिव्य उपदेश सम्पूर्ण नेपालीका लागि सधँं अजरअमर बनेको छ ।

यसरी मुलुकको राष्ट्रिय एकीकरणको अभियानमा काठमाडौं उपत्यका विजयपछि शाक्यवंशकी कुमारीको हातको टीका लगाएर नेवार, मगर, गुरुङ, खस, ठकुरी, ब्राह्मणलगायत कामी, दमाई, सार्की आदि जातिबाट सहयोग पुग्न गएकाले सम्पूर्ण जातजातिले आत्मसात् गरेर सहयोग गर्न पुगेका थिए । यस क्षेत्रका सबै जातजातिको नेपाल एक साझा भूमि हो । नेपाल राष्ट्र भनेर आज विश्वसामु गर्वका साथ हामी जसरी चिनिएका छौं वा विश्वमान चित्रमा नेपालको नक्सा हेरेर गौरवको अनुभव गरिरहेका छौं, त्यो सबै अदम्य शाहस, वीरता, कुशल नेतृत्व दूरदृष्टिका चिन्तनका धनी पृथ्वीनारायणकै अतुुलनीय योगदानका कारण सम्भव भएको हो भन्ने तथ्यलाई कुनै पनि नेपालीले बिर्सनुहुन्न ।

पृथ्वीनारायण गोरखा राज्यको राज्यारोहण गर्दाका बेला गोरखा राज्य एक निर्धन र कम शक्तिशाली राज्य थियो । त्यस समय कतिपय पूर्वका सेन राज्य, पञ्चिमका बाइसे चौबीसे राज्यहरू र उपत्यकाका मल्ल राज्यहरू आन्तरिक छलकपट र कलहमा अल्झिएका थिए । राष्ट्रिय एकीकरणको सोच उनीहरूमा थिएन । गोरखा राज्य अरू राज्यभन्दा निर्धन भएकाले उसलाई बाह्य आक्रमणबाट सदैव त्रास थियो । यो अवस्थालाई चित्रण गर्दै पृथ्वीनारायण शाहले भनेका छन् । यसरी ‘लमजुङ भन्याको गरुड हो, गोरखा भन्याका सरप हो, नेपाल भन्याको भ्यागुता’ हो । उनको विक्रम सम्बत् १८३१ सालमा निधन भयो ।

पृथ्वीनारायण शाहको असामयिक निधनबाट देशले ठूलो क्षति बेहोर्नुप-यो । शोकलाई शक्तिमा बदल्दै उनको अधुरो सपना पूरा गर्न उनका उत्तराधिकारी भाइभारदार प्रतापसिंह शाह, रणबहादुर शाह, राजेन्द्रलक्ष्मी, बहादुर शाह, अमरसिंह थापा, भीमसेन थापा, बलभद्र कँुवर, दामोदर पाण्डे, रामकृष्ण रानालगायतको शक्तिशाली दलबलले एकीकरण अभियान जारी राखे । यसैक्रममा बहादुर शाह र अमर सिंह, भीमसेन थापाको विशेष नेतृत्वमा नेपालको सिमाना पूर्वमा टिष्टा र पश्चिममा काँकडासम्म फैलिरहेकै घडीमा अंग्रेजको सामरिक तागत पनि शक्तिशाली भइसकेको थियो ।

एकीकरणको सूत्रमा बाँधी एउटा बलियो हिमाली राष्ट्र खडा गर्ने अभियन्ताका रूपमा पृथ्वीनारायण शाहको पहिचान छ

हाम्रो देश संसारको सबैभन्दा पुरानो राष्ट्रमध्येमा पर्छ तर ३ सय वर्ष अगाडि यस भूखण्डमा अनगिन्ती भुरे टाकुरे राजाको शासन थियो । विदेशी आक्रमणको सामना गर्ने शक्ति ती कसैमा थिएन । एउटै भूखण्डमा रहे पनि शासकमा राष्ट्रिय भावनासमेत विकसित भएको थिएन । त्यसरी छरिएर रहेका राज्यलाई एउटै बलियो राष्ट्र बनाउने अभियानको थालनी भने गोरखाका राजा पृथ्वीनारायण शाहले नै गरेका थिए । उनले त्यस अभियानमा पहाडका सबैजसो प्रमुख जातिको सहभागिता पनि जुटाएका थिए ।

पृथ्वीनारायणले ती अनगिन्ती भुरे टाकुरे राजालाई जितेर एउटै राज्य बनाउने अभियान नथालेका भए सम्भवतः आज स्वतन्त्र मुलुकका रूपमा नेपालको अस्तित्व रहने पनि थिएन । यसैले उनको योगदानलाई उपेक्षा गर्दा नेपालको राष्ट्रियताप्रति न्याय हुँदैन । पृथ्वीनारायण शाहको तुलना उनका उत्तराधिकार अरू राजासँग गर्न मिल्दैन । पृथ्वी जयन्तीलाई राष्ट्रिय महत्वका दिवसको सूचीबाट हटाउनु उनको अवमूल्यन गर्नु हो । अर्थात्, इतिहास शासकको चाहनाअनुसार लेखिन्छ भन्ने वक्रोक्ति पृथ्वीनारायण शाहका हकमा पुरै चरितार्थ भएको छ । शाहवंशको शासन हुँदा देवत्वकरण गरेर उनको अधिमूल्यन गरिएको थियो भने राजतन्त्र उन्मूलन हुनेबित्तिकै उनको योगदानसमेतलाई ओझेलमा पारेर अवमूल्यन गरिएको छ ।

अहिले व्यक्तिको मात्र हैन समाज र राष्ट्रको पनि खती हुन्छ । अतिबाट जोगिए मात्र उन्नति गर्न सकिन्छ । इतिहासले सिकाएको पाठ यही हो । यसैले पृथ्वीनारायण शाहको योगदानको उपेक्षा गर्ने सरकारको पहिलेको गलत निर्णय सच्याउने समय आएको छ । वर्तमान नेपालको भौगोलिक एकीकरण अभियानको नेतृत्व गर्ने पृथ्वीनारायण शाहको सम्मान गर्न उनको जन्म जयन्तीलाई सरकारले राष्ट्रिय पर्व घोषित गरोस् । पृथ्वीनारायण शाहको पुनस्र्थापनाले राष्ट्रिय अखण्डताका पक्षमा र विखण्डनविरुद्ध सन्देश दिनेछ । नेपालमा लोकतन्त्र र राष्ट्रियताको अभिन्न सम्बन्ध छ । यसैले राष्ट्रियतालाई गौण भयो भने लोकतन्त्र पनि बलियो हुनेछैन ।

तपाइको प्रतिक्रिया
(Visited 323 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाले पार्टी अध्यक्ष बनाए हुन्छ: सभापति देउवा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दैलेखकाे आठविसमा एमालेका बडुवाल र थापा निर्वाचित