मड्रिडलाई हराउँदै बार्सिलोनालाई सुपर कप उपाधि

मड्रिड । रियल मड्रिडलाई ३–१ ले हराउँदै बार्सिलोनाले स्पेनिस सुपर कप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा बार्सिलोनाको जितमा गाभी, रोबर्ट लेवान्डोस्की र पेड्रीले एक एक गोल गरे । रियलका करिम बेन्जिमाले एक गोल फर्काए ।

खेलको ३३ औं मिनेटमा गाभीले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाए । ४५ औं मिनेटमा लेवान्डोस्कीले दोस्रो गोल गरे । ६९ औं मिनेटमा पेड्रीले गोल गर्दा बार्सिलोना जिततर्फ बढेको थियो । खेलको इन्जुरी समयमा बेन्जिमाले अग्रता ३–१ मा झारेका थिए । 

प्रशिक्षक जाभि होर्नान्डेजको प्रशिक्षणमा बार्सिलोनाले पाँच वर्षपछि सुपर कपको उपाधि जितेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 54 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी कारागार चलान

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
भोजपुरको साल्पासिलिछो गाउँपालिकामा स्वतन्त्र उम्मेवार दौलथ कुलुङ विजयी