दुई दिनमा साढे चार लाख यात्रु बाहिरिए

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण दुई दिनमा काठमाडौं उपत्यकाबाट ४ लाख २८ हजार ८ सय १६ यात्रु बाहिरिएका हुन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले आइतबार २ लाख २२ हजार ४ सय ७७ यात्रु बाहिरिएको जानकारी दिए । उनका अनुसार आइतबार ३३ हजार ८ सय ६२ सवारीसाधन काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् ।

महाशाखाका अनुसार शनिबार २ लाख ६ हजार ३ सय ३९ यात्रु बाहिरिएका छन् । शनिबार २९ हजार ९३ सवारी बाहिरिएका थिए । महाशाखाका प्रमुख ढकालका अनुसार विगत चार दिनमा काठमाडौं आउने संख्या घटाउँदा बाहिरिनेको संख्या झन्डै साढे चार लाख रहेको छ ।

विगतको तुलनामा पछिल्ला दिनमा काठमाडौं उपत्यका भित्रने यात्रुको संख्या भने घटेको छ । विगतका दिनमा ८०÷९० हजार यात्रु काठमाडौं उपत्यका भित्रँदै आएकामा आइतबार ३६ हजार मात्र यात्रु भित्रिएका छन् । महाशाखाका अनुसार शनिबार ४८ हजार भित्रिएका थिए ।

आजदेखि लामो दूरीका यातायात बन्द सरकारले आज (सोमबार)देखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमण रोक्न सरकारले केही अवधिका लागि लामो दूरीका यातायात बन्द गर्ने निर्णय गरेको हो ।

त्यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले साझा स्वास्थ्य सेवासँग १ लाख सर्जिकल मास्क खरिद गरी शनिबार साँझदेखि नै गंगबु बसपार्कबाट चालक, सहचालक तथा यात्रीहरूमाझ वितरण गर्ने निर्णय भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै केही अवधिका लागि लामो दूरीका सार्वजनिक यातायातमा रोक लगाउने घोषणा गरेका थिए ।

प्रधानमन्त्रीको घोषणा लगत्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङको अगुवाइमा शनिबार यातायात व्यवसायीसहितको बैठकले तोकिएको अवधिभित्र यात्रुलाई गन्तव्यमा पु¥याउन अधिकतम बसको प्रयोग गर्ने निर्णय
भएको थियो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख ढकालले सोमबारदेखि लामो दूरीका यातायातमा रोक लगाइएकाले सञ्चालन नगर्न आग्रह गरे । उनले निजी सवारीसाधनलाई पनि लामो दूरीमा सञ्चालन नगर्न आग्रह गरे । ‘यो एक किसिमले भन्ने हो भने लक डाउन नै हो, एउटा सहरबाट अर्को सहरसम्म संक्रमण नफैलियोस् भनेर गरिएको हो, एउटा सहरबाट वा एक ठाउँबाट अर्को ठाउँमा यात्रा नगरिदिनुस्,’ उनले राजधानीसँग भने ।

यद्यपि, सरकारले लामो दूरीका यातायात बन्द गरिए पनि काठमाडौं उपत्यकाभित्र सवारी सञ्चालनमा रोक लगाइएको छैन । सरकारले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन पटक–पटक आग्रह गर्दै आएको छ । सरकारले नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरू ९–१८ चैतसम्म स्थगित गरिसकेको छ । बाहिरबाट खाली जहाज भने आउन पाउने सरकारले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 231 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कास्कीमा निर्वाचन सामग्री बुझेर कर्मचारी मतदानस्थलतर्फ