पत्रकार त्रिभुवन पौडेलको अन्त्येष्टी

पोखरा । विमान दुर्घटनामा ज्यान गुमाएका पत्रकार त्रिभुवन पौडेलको अन्त्येष्टी भएको छ । पोखराको सेती नदी किनार शान्तिघाटमा मंगलबार दिउँसो उनको हिन्दु परम्पराअनुसार अन्त्येष्टी गरिएको हो ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोस्टमार्टमपछि उनको शव पोखरा ११, फूलबारीस्थित घर लगिएको थियो । त्यसपछि पोखराको मुस्ताङचोकस्थित नेपाल पत्रकार महासंघ कास्कीको भवन परिसरमा अन्तिम श्रद्धाञ्जलीको लागि राखिएको थियो । त्यहाँ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, प्रदेशका मन्त्रीहरु, सांसद, विभिन्न राजनीतिक दलका नेता, पत्रकार महासंघ केन्द्रीय अध्यक्ष विपुल पोखरेल, पत्रकार संगठनका नेतृत्वमा रहेका व्यक्तिहरु, पत्रकार, शुभचिन्तक लगायतले पुष्पगुच्छा चढाएर अन्तिम श्रद्धाञ्जली दिएका थिए । यस्तै १ मिनेट मौनधारण गरियो ।

उनको शवयात्रा महासंघ भवनबाट पोखराको पुरानो एयरपोर्ट, पृथ्वीचोक, नयाँबजार, प्रदर्शनी केन्द्र हुँदै शान्तिघाट लगिएको हो । अन्तिम बिदाइका लागि सयौं मानिसको उपस्थिति थियो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेका पत्रकार पौडेल लोकप्रिय पत्रकार थिए । २०५६ सालमा स्वाभिमान पत्रिकाबाट पत्रकारिता सुरु गरेका उनी पोखरा हटलाइन, रेडियो अन्नपूर्ण, नेपाल टेलिभिजनमा पनि आबद्ध भएर पत्रकारिता गरे । पत्रकार महासंघ कास्कीमा २ कार्यकाल सचिव, १ कार्यकाल उपाध्यक्ष हुँदै उनी महासंघ गण्डकीको पहिलो अध्यक्ष बनेका थिए । माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य समेत रहेका ३७ वर्षीय पौडेलका आमा, श्रीमती, दाइ, २ दिदीबहिनी र १ छोरा छन् ।

तपाइको प्रतिक्रिया
(Visited 281 times, 1 visits today)

epaper

ताजा समाचार

जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेलाई सरकारले नछाड्ने