आवासीय भवनका सुरक्षित संरचना

नेपालमा १९९० साल माघ २ मा गएको महाभूकम्पपछिको सबैभन्दा ठूलो विपद् पछिल्लो समय २०७२ साल वैशाख १२ गते गोरखालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प नै हो । मूलतः १९९० सालको महाभूकम्पमा ८ हजार ५ सय १९ को मृत्यु भएको थियो भने घर, मठमन्दिर, देवालय, पाटीपौवा गरी २ लाख ७ हजार ७ सय ४० संरचनामा क्षति पुगेको थियो । यसका साथसाथै २०७२ साल वैशाख १२ मा गोरखाको बारपाक केन्द्रबिन्दु भई गएको ७.६ रेक्टर स्केलको भूकम्पले नेपालमा ठूलो क्षति पु¥यायो । यसपछि विभिन्न समयमा गएका पराकम्पनले झन् बढी क्षति भए । यस भूकम्पका कारण ८ हजार ९ सय ७० को मृत्यु भयो भने २३ हजार ३ सय २ जना घाइते भए ।

नेपालमा १३१० सालदेखि १९९० सम्मको ६८० वर्षभित्र १० वटा ठूला भूकम्पहरू गइसकेको इतिहास छ । भूकम्पद्हिरूले अर्को एक ठूलो भूकम्प भविष्यमा कुनै पनि बेला आउन सक्ने कुरा गरेका छन् । यस्तो भूकम्प आएको खण्डमा काठमाडौं उपत्यकामा मात्र २ लाख १० हजारदेखि ४ लाखसम्म मानिसको निधन हुन सक्ने विभिन्न अध्ययनबाट पुष्टि हुन आउँछ । यो अध्ययन एकदशक अगाडि गरिएको र यसपछि काठमाडौंको जनसंख्या पनि दिनप्रति दिन वृद्धि हुँदै गएको हुनाले योभन्दा बढी हुन सक्ने अनुमान गर्न सकिन्छ । यसरी, देशमा निकट भविष्यमा ठूलो भूकम्प आउने कुरामा कसैको दुईमत होला भन्न सकिन्न । यस्तो भएको खण्डमा अपार धनजनको क्षति हुने निश्चित छ । त्यस्तैगरी, गत मे (सन् २००८, मे) मा चीनमा गएको भूकम्पले यो तथ्यलाई उजागर गरेको छ ।

भूकम्पजस्ता प्राकृतिक प्रकोपलाई रोक्न सकिँदैन तर त्यसबाट हुने क्षतिलाई कम गर्ने पूर्वतयारी गर्न सकिन्छ

पछिल्लो समय २०७२ सालमा नेपाली समाजले भूकम्पबाट ठूलो क्षति बेहोर्नुप-यो । भूकम्पका कारण भएको क्षतिबाट जनस्तर माथि उठ्न सकिरहेको छैन । यसको कारण मुलुकको झन्डै आधा भाग प्रभावित हुन पुगेको छ । १४ जिल्ला अति प्रभावित र थप १७ जिल्ला कम प्रभावित गरी ३१ जिल्लामा भूकम्पले क्षति पु¥याएको छ । ठूलो जनधन क्षति ग¥यो । यसरी लाखौंं मानिसलाई घरबारबिहीन बनायो । हजारौंं मानिस अकालमै जीवन गुमाउन पुगे । यसमा धेरैले अहिले पनि घाइते जीवन बाँचिरहनुपरिरहेको छ । यसर्थ, २०७२ सालको भूकम्पले खडा गरेको अर्को चिन्ता पूर्वतयारीको हो । भूकम्पजस्ता प्राकृतिक प्रकोपलाई रोक्न सकिँदैन तर त्यसबाट हुने क्षतिलाई कम गर्ने पूर्वतयारी गर्न सकिन्छ ।

देशमा खासगरीकन घना बस्तीमा खुला स्थान, भूकम्प प्रतिरोधात्मक घर, व्यवस्थित बस्ती, जोखिम न्यूनीकरणका लागि आवश्यक अन्य पूर्वाधार भूकम्पको पूर्वतयारीका न्यूनतम सर्त हुन् । विडम्बना हजारौं नागरिकको निधन हुँदा र अर्बौंको क्षति हुँदा पनि राज्यले व्यवस्थित बस्ती विकासको प्रारुप तयार पार्न सकेको छैन । देशका प्रमुख सहरको अव्यवस्थित बसोबास र गाउँमा पूर्वाधार न्यूनीकरणका न्यून पूवाृधारको दयनीय स्थितिले अर्को विपित्तको कल्पना मात्रै पनि भयावह बनेको छ ।

मुलुकमा भएको पुनर्निर्माणलाई अवलोकन गर्ने हो भने निजी भवनतर्फ ९२ प्रतिशत काम सम्पन्न भइसकेको छ । त्यसरी नै सम्पदातर्फ पनि ८५ प्रतिशत काम भएको र बाँकी रहेका पुनर्निर्माण गर्न र काम भइसकेका आयोजनाको रकम भुक्तानी गर्न ८० देखि ९० अर्ब रुपैयाँ आवश्यक पर्ने देखिन्छ । यसरी पुनर्निर्माण गत असार मसान्तसम्म ३ सय ७१ अर्ब रुपैयाँ खर्च भइसकेको छ । यसका साथसाथै जनतामा भूकम्पप्रतिरोधी चेतना विस्तार भएको छ । यसले गर्दा भूकम्प प्रभावित जिल्लामा प्राधिकरणले काम गरेर भूकम्प प्रतिरोधी भवन र जनशक्ति दुवै तयार भएको छ । तर, भूकम्प प्रभावित ३२ जिल्लाबाहेक अन्यमा बाँकी नै छ । अतः राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग मिलेर सन् २०३० सम्म यो मुलुकलाई विपत् जोखिमपूर्ण मुलुकबाट सुरक्षित मुलुकतर्फ अगाडि बढाउने प्रयास भइरहेको छ ।

त्यसरी नै भौतिक प्रगतिलाई हेर्दा शैक्षिक संस्थातर्फ सात हजार ५५३ लक्ष्य रहेकामा ८८ प्रतिशत उपलब्धि हासिल भएको छ । यसमा पनि स्वास्थ्य क्षेत्रमा १ हजार १९७ लक्ष्य रहेकामा ६२ प्रतिशत निर्माण सम्पन्न भएको छ । सांस्कृतिक सम्पदा निर्माणमा ९२० लक्ष्य रहेकामा करिब ५३ प्रतिशत प्रगति हासिल गरिएको छ । सरकारी भवन ४१५ लक्ष्य रहेकामा ९३ प्रतिशतभन्दा बढी पुनर्निर्माण भएको छ । सुरक्षा निकायका संरचना शतप्रतिशत पुनर्निर्माण सम्पन्न भएको प्राधिकरणको विवरण छ । यसको साथसाथै सांस्कृतिक सम्पदाको संरक्षणमा नेपाललले धेरै ठूलो उपलब्धि हासिल गरेको छ । हालसम्म ९२० वटा सम्पदा पुनर्निर्माण भएका छन् । बाँकी सम्पदा छिट्टै सक्नेगरी काम भइरहेको छ । पहिलो कुरा त भूकम्प गएको आठ महिनापछि मात्रै राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना भयो । भारत, पाकिस्तानको हेर्दा त्यहाँ तत्कालै काम सुरु भयो तर नेपालमा संविधान निर्माणको जटिलता थियो, राजनीतिक दल त्यतातिरै केन्द्रित भएका थिए ।

राज्यले जनतालाई घर बनाउँदा, नक्सा पास गर्नुपर्दा पहिले नै भूकम्प प्रतिरोधक आवासीय भवन निर्माण प्रविधिमा शुल्क छुट दिने व्यवस्था गर्नुपर्छ

दोस्रो कुरा, संरचना निर्माण भएपछि कानुनी जटिलता थियो । जुन ऐन मात्रै बन्यो, नियमावली बनाउनुपर्यो, सबै व्यवस्था गर्न समय लाग्यो । यदि, हामीले कानुन पहिल्यै बनाएको भए विपद्का बेला तत्कालै काम गर्न सकिने थियो । तेस्रो कुरो, भूकम्पबाट क्षति हुन पुगेका निजी घर तथा संरचना सुरक्षित र भूकम्पप्रतिरोधी बनाउन सकिने रहेछ भन्ने अनुभूति पनि भएको छ, जस्तो कि भूकम्पले मान्छे मार्दैन, संरचना प्रतिरोधी बनाउनुपर्छ भन्ने सन्देश सबैलाई गएको छ । अर्कातर्फ विपद्का घटना भइहाले तत्काल आपत्कालीन कोष चाहिने रहेछ ।

अन्तमा भन्नुपर्दा ९० साल महाभूकम्प दुःखदायी घटनाको सम्झना गर्दै तत्कालीन सरकारले २०५५ साल माघ २ गतेदेखि राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने क्रममा २५औं राष्ट्रिय भूकम्प दिवसको यस सालको मूल नारा ‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ नारा तय गरेको छ । फलतः साढे ६ वर्ष अगाडि गएको अर्थात् २०७२ सालको भूकम्पले धेरै धनजनको नोक्सान पु¥याएको थियो । यसको असर मुलुकभरि परेको थियो । मुलुकमा भूकम्पलाई रोक्न नसके पनि भूकम्पीय पूर्वतयारी र न्यूनीकरणका उपाय अपनाएर भूकम्पको असर कम गरी जनधनको क्षति घटाउन अवश्य सकिन्छ ।

यसलाई नारामा मात्र सीमित नराखेर युद्धस्तरमा सरकारी तथा गैरसरकारी संस्थाले तदारुकका साथ काठमाडौं उपत्यकालगायत नेपाल अधिराज्यलाई नै व्यापकरूपमा अनिवार्य प्राथमिक स्तरका कक्षादेखि नै भूकम्पसम्बन्धी पाठ्य पुस्तक राख्नुपर्ने अति आवश्यक एकतिर छ भने अर्कोतिर सरकारी नीतिमा पनि फेरबदल गर्नु आवश्यक छ । राज्यले जनतालाई बेलैमा दिन सक्ने घर बनाउँदा नक्सा पास गर्नुपर्दा पहिले नै भूकम्प प्रतिरोधक आवासीय भवन निर्माण प्रविधिमा शुल्क छुट दिने र बन्न बाँकी घर र बनिसकेका घरका लागि केही वर्षसम्मको नगरपालिकाले लिने सम्पत्ति कर शुल्क मिनाहा गरेको खण्डमा भूकम्प प्रतिरोधक प्रविधिप्रति आमजनताको ध्यान आकर्षण हुन जान्छ ।

त्यसले गर्दा मानिसले भूकम्प प्रतिरोधक निर्माण प्रविधिको प्रयोग गर्दछन् । मूलतः भूकम्पपछि व्यापकरूपमा क्षति हुने भएकाले यस्तो राहत दिँदा सरकारलाई दीर्घकालीनरूपमा सस्तो पर्न जान्छ । यसरी ठोस निर्णय बेलैमा उपलब्ध गराएको खण्डमा मात्र भूकम्प गएपछि उद्धार तथा राहत कार्यमा मात्र सीमित रहनुभन्दा भूकम्प जानुअगाडि नै समुदायका व्यक्तिलाई जनचेतना जगाई भूकम्पबाट बच्ने उपाय’bout पूर्वतयारी गराउन सबै नेपालीलाई सकियोस् यो नै बुद्धिमानी हुन जाने छ ।

तपाइको प्रतिक्रिया
(Visited 51 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लामिछानेको सांसद पद नरहने पाँच कारण

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ ४, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ ४, २०७९
काठमाडौं उपत्यकाको स्थानीय तह नेतृत्वमा माओवादी शून्य !