प्रभु इन्स्योरेन्सको १६.३२ प्रतिशत लाभांश पारित

काठमाडौं ।  प्रभु इन्स्योरेन्स लिमिटेडको २४ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । तीनकुने काठमाडांैस्थित कम्पनीको कार्यालय ‘प्रभु कम्प्लेक्स’मा सम्पन्न भएको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७५÷७६ को आर्थिक प्रतिवेदन पारित गर्नुका साथै कम्पनीले प्रस्ताव गरेको ५ प्रतिशत बोनस सेयर तथा करसहित ११.३२ प्रतिशत नगद लाभांश गरी जम्मा १६.३२ प्रतिशत लाभांश साधारण सभाबाट स्वीकृत भएको छ ।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दैै कम्पनीका  अध्यक्ष कुसुम लामाले बीमा क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धाबीच कम्पनीले पुँजी वृद्धि, खर्च र व्यवसाय विस्तारलाई समुचित व्यवस्थापन गरी दिगो तथा सुरक्षित र दीर्घकालीन लक्ष्य प्राप्तिका लागि अगाडि बढिरहेको बताउँदै आफ्ना ग्राहकवर्गलाई आवश्यक सेवा छिटोछरितो ढंंगले प्रदान गर्दै सरकार तथा नियमनकारी निकायले लिएको नीतिअनुरूप बिमा क्षेत्रमा टेवा पु¥याउन प्रतिबद्ध रहेको बताए । कम्पनीले आधुनिक बिमा सेवाका सबै प्रविधिहरू प्रयोग गरी प्रविधिमा आधारित बिमा सेवा स्थापित गर्ने उद्देश्यका साथ अगाडि बढिरहेको बताउँदै जोखिम व्यवस्थापन, कर्मचारी व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीलाई सबल बनाउनुका साथै प्रभावकारी सेवा सुविधा दिनेतर्फ जोड दिइएको बताए ।

सभामा सेयरधनीहरूले आफ्नो मन्तव्य राख्दै कम्पनीले पुँजी वृद्धिको अनुपातमा १६.३२ प्रतिशत लाभांश वितरण गर्नु गौरवको कुरा रहेको बताउँदै कम्पनीको प्रगति अत्यन्त सन्तोषजनक रहेको बताए । बोनस सेयर वितरणपश्चात् कम्पनीको चुक्ता पुँजीख १ अर्ब ५ करोड ६२ लाख ७५ हजार रुपैयाँ पुगेको छ । साथै, कम्पनीले केन्द्रीय कार्यालयसहित ५६ भन्दा बढी शाखा, उपशाखा तथा सेवा केन्द्रहरूबाट सेवा प्रदान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 174 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकार र संविधान दुबै असफल : प्रभु साह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरमा मेयरका उम्मेदवार धर्नामा