मधेश प्रदेशका मुख्यमन्त्रीलाई असाधारण विश्वासको मत

जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभाबाट असाधारण बहुमत सहित बिश्वासको मत पाएका छन् । प्रदेशसभाको दोस्रो कार्याकालको तेस्रो बैठकबाट आज मुख्यमन्त्री यादवले सभामा उपस्थित सांसद १ सय २ मध्ये सम्पुर्ण सांसदको मत पाएका छन् । उनलाई संसदको सबै दश दल र स्वतन्त्र सांसदले पनि बिश्वासको मत दिएका छन् ।

सभामुख रामचन्द्र मण्डलले मुख्यमन्त्रीले सरोज कुमार यादवले बिश्वासको मत पाँउ भनि सभामा प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मत पारित भएको घोषणा गरेका छन् । माओवादीका दुई जना प्रदेश सांसदहरुको सपथ ग्रहण हुन वाँकी नै रहेकाले प्रदेशसभामा हाल १ सय ५ सांसद मात्र रहेका छन् । सदस्य मध्ये ३ जना सदस्य अनुपस्थित रहेका थिए । यादवले प्रदेशसभामा प्रतिनिधित्व गर्ने १० वटै दलले उनलाई विश्वासको मत दिएको छ ।

मुख्यमन्त्री यादवले अब नेकपा एमालेका २४, कांग्रेसका २२, जसपाका १६, जनमत पार्टीका १३, लोसपाका ९, नेकपा माओवादी केन्द्रका ७, नेकपा एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति पार्टीका १, राष्ट्रिय प्रजातन्त्र पार्टीका १, नेपाल संघीय समाजवादी पार्टीका १ तथा पाँचजना स्वतन्त्र प्रदेशसभा सदस्यहरुसहित १०२ प्रदेश सांसदको समर्थन छ ।

नवनिर्वाचित सभामुख रामचन्द्र मण्डलको आजको पहिलो बैठक भएकाले सभामुख मण्डलले बैठकको प्रारम्भमा सभामुखमा आफुलाई निर्वाचित गराउने सभाका सम्पुर्ण सदस्यलाई धन्यवाद ज्ञापन गरेका थिए भने प्रदेशसभाको भुमिका र निष्पक्षताको विषयमा बिश्वस्त रहन आग्रह गरेका थिए । त्यसपछि मुख्यमन्त्री यादवले प्रस्तुत गरेको बिश्वासको मत पाँउ भन्ने प्रस्तावमा दलका नेताहरुले आ–आफनो धारणा राखेका थिए ।

एमाले दलका नेता सरोज कुमार यादव, कांग्रेस दलका नेता कृष्ण प्रसाद यादव, जसपाका तर्फबाट लालबाबु राउत, जनमतका दलका नेता महेश प्रसाद यादव, लोसपाका दलका नेता अभिराम शर्मा, माओवादीका दलका नेता भरत प्रसाद साह, नेकपा एसका दलका नेता गोविन्द न्यौपानेका साथै राप्रपा, संघिय समाजवादी, नागरिक उन्मुक्ति पार्टी सहितका पार्टीहरु र स्वतन्त्र सांसदहरुले आ–आफनो धारणा राख्दै मुख्यमन्त्री यादवलाई दिन लागेको बिश्वासको मतको आधार प्रस्तुत गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 303 times, 1 visits today)

epaper

ताजा समाचार

जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेलाई सरकारले नछाड्ने