अमन र झिन्तोङ पहिलो

काठमाडौं  ।  भारतका अमन दहिया र चीनकी झिन्तोङ झाव काठमाडौं आईटीएफ जुनियर जे– ५, २०२० टेनिस च्याम्पियनसिपको सर्किट १ मा शुक्रबार पहिलो भएका छन् । सिंगल्सको ब्वाइजमा अमन र गल्र्समा झिन्तोङ पहिलो भएका हुन् । नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइज सिंगल्समा अमनले आफ्नै राष्ट्रका कृषन हुडालाई ६–२ र ६–४ को सोझो सेटमा पराजित गरे ।

गल्र्स फाइनलमा झिन्तोङले भारतकी रिया उबोभेजालाई ६–४ र ६–१ को सिधा सेटमा हराइन् । सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको ब्वाइज डबल्स फाइनलमा भारतका आदित्य वर्धान रोय चौधरी र ध्रुभ तांग्रीको जोडीले मलेसियाका क्रिस्टियन अन्ड्रे सेङ लिउ र भियतनामका क्वोक भोको जोडीलाई ६–२ र ४–६  (१०–४) ले पाखा लगाउँदै पहिलो स्थान हात पारे । सोही स्पर्धाको गल्र्स फाइनलमा अस्ट्रियाकी इनेस फल्टिङगर र चीनकी झिन्तोङको जोडीले सिंगापुरकी डिने छु र भारतकी रियाको जोडीलाई ६–१ र ७–५ को सोझो सेटमा पन्छ्याउँदै शीर्ष स्थान हात पारे ।

विजेतालाई आयोजक टेनिस संघकी अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीकी अध्यक्ष ज्योति राणा, महासचिव मनोहरदास मुललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

तपाइको प्रतिक्रिया
(Visited 176 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कूटनीतिक नियोग आराम गर्ने थलो !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तामझामसहित मनोनयन