४० विधामा दशौं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन

काठमाडौं । दशौं संस्करणको म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन आयोजक पक्षले मँगलबार सार्वजनिक गरेको छ । गत २०७८ साल बैशाखदेखि गत २०७९ असार मसान्तभित्र बजारमा आएका विभिन्न विधाका नेपाली गीत संगीतलाई दशौं म्यूजिक खबर म्यूजिक अवार्डमा समावेश गरिएको आयोजक सुमन पण्डितले बताएका छन् ।

बिगत झै यसपटक पनि आयोजक पक्षले नेपाली गीतसंगीत, म्युजिक भिडियो तथा मोडलिङका विभिन्न ४० विधामा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ । मनोनयनमा परेकाहरुलाई काठमाडौंमा चाँडै एक समारोहबीच प्रमाणपत्र प्रदान गरिने अवार्ड सँयोजक सविता पोखरेलले जानकारी गराएकी छिन् ।

गायक गायिका, रचनाकार, संगीतकार, एरेन्जर, ध्वनि सम्पादक, भिडियो निर्देशक, छायाँकार, भिडियो सम्पादक, उत्कृष्ट गीत लगायतका विविध विधाहरुमा अवार्ड आयोजना गरिने बताइएको छ । आयोजक पक्षले अवार्डमा राष्ट्रिय भाव, पप गीत, लोकदोहोरी, गजल, चलचित्र र आधुनिक विधाका स्रष्टा र सिर्जनालाई मनोनयनमा समेटेको छ ।‘कल्चर फर टुरिजम’ भन्ने मूल उद्देश्यका साथ आन्तरिक रुपमा सांस्कृतिक पर्यटन बढाउन राजधानी लगायत अन्य प्रदेशमा पनि अवार्ड आयोजना गरिने सविताले बताएकी छिन् ।

अवार्डमा गीत संगीत क्षेत्रमा विशिष्ट योगदान पु¥याएका एक जना विशिष्ट कला साधकलाई दीर्घसाधना सम्मान प्रदान गरिँनेछ । त्यस्तै पछिल्लो दशकमा क्रियाशील रहेका कला साधकलाई दशकको स्रष्टा सम्मान प्रदान गरिनेछ भने एक जना युवा प्रतिभालाई म्यूजिक खबर युवा प्रतिभा सम्मान प्रदान गरिने भएको छ । शुभकामना मिडिया सोलुशनको आयोजनामा आगामी फागुनको पहिलो हप्तामा काठमाडौंमा यो अवार्ड आयोजना गरिने पनि आयोजक पक्षले जानकारी गराएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 58 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

चुडामणि शर्माविरुद्ध ११ अर्ब हिनामिनाको मुद्दामा साक्षी झिकाउन आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
देउवा, पौडेल र नेपालको जिल्लामै भएन तालमेल