सांस्कृतिक संस्थानमा लोक तथा शास्त्रीय उत्सव

काठमाडौं । सांस्कृतिक संस्थान नाचघरमा बिहीबार दर्शकले शास्त्रीय संगीत तथा लोकनृत्यको मजा उठाए । वसन्त पञ्चमीको अवसर पारेर संस्थानले आयोजना गरेको ‘वसन्त शास्त्रीय उत्सव–२०७९’ मा कलाकारहरूले विभिन्न शास्त्रीय राग तथा गीत सुनाएर संस्कृतिमन्त्री सुदन किरातीदेखि संगीतप्रेमीसम्मको मन जिते ।

सांस्कृतिक संस्थानबाट अभिनय, नृत्य, गायन, वाद्यवादनजस्ता विविध विधामा ६ महिने प्रशिक्षण लिएका कलाकारको दीक्षान्त समारोह तथा शास्त्रीय संगीत कार्यक्रममा गायनसँगै नृत्य र नाटक पनि प्रस्तुत भयो । प्रतिष्ठानबाट अभिनय सिकेका २९औं ब्याचका विद्यार्थीले सो समारोहमा नाटक ‘शंख घोष’ मञ्चन गरे । महाभारतकालमा युद्धले निम्त्याका समस्या र त्यतिबेलाका जनताले भोग्नुपरेको समस्यालाई यस नाटकमा उतारिएको थियो । नाटकको निर्देशन वीरेन्द्र हमालले गरेका थिए ।

मन्त्री किरातीले नाटक हेरेपछि सो नाटकको खुलेर प्रशंसा गरे । संस्थानबाट प्रशिक्षित विद्यार्थीहरूले भोलिका दिनमा आफूलाई स्थापित कलाकारका रूपमा उभ्याउने विश्वास उनले व्यक्त गरे । वसन्त पञ्चमीको सबैलाई शुभकामना दिँदै उनले संस्थानबाट आयोजना हुँदै आएको वसन्त शास्त्रीय उत्सवले नेपाली शास्त्रीय संगीतको विकासमा टेवा पु¥याएको भनाइ राखे ।

संस्कृति मन्त्रालयकै राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले पनि नेपाली संस्कृतिको जगेर्ना र प्रवद्र्धनमा संस्थानको ठूलो योगदान रहेको बताइन् । संस्थानबाट प्रशिक्षित विद्यार्थीहरूले प्रस्ुतत गरेको नाटक शंख घोष समसामयिक र सशक्त भएको बताउँदै उनले कलाकारहरूको अभिनयको प्रशंसा गरिन् ।

संस्थानका महाप्रबन्धक अशोक प्यासी राईले संस्थानले लामो समयदेखि वसन्त पञ्चमीको अवसरमा शास्त्रीय संगीतको कार्यक्रम आयोजना गर्दै आएको बताए । संस्थानले संगीत, अभिनय, नृत्यमा हरेक ६ महिनामा सयौंलाई प्रशिक्षण दिएर पोख्त बनाएर नेपाली गीतसंगीत, नाट्य क्षेत्रमा योगदान दिँदै आएको चर्चा गरे ।

कार्यक्रमको दोस्रो चरणमा करिब दुई घन्टा विभिन्न कलाकारले शास्त्रीय संगीतसँगै शास्त्रीय तथा लोकनृत्यहरू प्रस्तुत गरे । सो उत्सवमा सन्तोषभक्त श्रेष्ठले, ईशराजवादन, सुलोचना गोपालीले भरत नाट्यम, पं. विष्णुप्रसाद आचार्यले ध्रुपद गायन प्रस्तुत गरे । यस्तै, अन्य प्रशिक्षित नृत्य कलाकारले कत्थक नृत्य, चर्या नृत्य, लोक नृत्य प्रस्तुत गरे । गायनतर्फका विद्यार्थीले पञ्चबुद्ध, सरस्वती बन्दना, शास्त्रीय गायन प्रस्तुुत गरेर कार्यक्रमलाई शास्त्रीयमय तुल्याए । वाद्यवादनका विद्यार्थीहरूले मादलवादन, बाँसुरी वादन र तबलावादन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्दै सांस्कृतिक संस्थानका निवर्तमान अध्यक्ष प्रेमनाथ अधिकारीले नेपाली गीतसंगीतको क्षेत्रमा संस्थानको योगदान’bout चर्चा गरे ।

तपाइको प्रतिक्रिया
(Visited 174 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

मुठी खुम्च्याएरै बजेट बनाउने अर्थमन्त्री चाहिन्छ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
भजनीमा गठबन्धनलाई हराउँदै रेशम चाैधरीका उम्मेदवार विजयी