उपाधिका लागि बारा र सप्तरी भिड्ने

वीरगन्ज । प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उपाधिका लागि बारा र सप्तरी भिड्ने भएको छ । पर्साको आदर्शनगर रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा धनुषालाई ४–१ले पराजित गर्दै बारा फाइलनमा प्रवेश गरेकोहो २५ माघमा उपाधि भिडन्त हुने आयोजक जीपी कोइराला फाउन्डेसनका अध्यक्ष मोहमद सहाबुद्दिनले बताए ।

                बिहीबार भएको सेमिफाइनलमा दुवै टिमका बीच निर्धारित समयमा कुनै पनि गोल हुन सकेन । अन्ततः निर्णयका लागि ट्राइब्रेकरको बाटो रोज्नु प¥यो । ट्राइब्रेकरमा बाराले ४ गोल ग¥यो ।

आठ जिल्ला रहेको प्रदेश नम्बर २ को प्रदेशस्तरीय पहिलो फुटबल प्रतियोगितामा पर्सा–धनुषा, बारा–सिरहा, महोत्तरी–रौतहट, र सर्लाही–सप्तरी गरी सबै जिल्ला फुटबल संघले भाग लिएका हुन् । ती फुटबल संघले भाग लिएको प्रतियोगितामा धनुषा, बारा, महोत्तरी र सप्तरी सेमिफाइनलमा प्रवेश गरे । जसमा बुधबार र बिहीबार भएको सेमिफाइनलमा प्रदेश २ को सुदुरपूर्वमा रहेको सप्तरी र पश्चिममा रहेको बारा उपाधिका लागि भिड्ने बिहीबारको खेलले पक्का भएको हो । प्रतियोगिता स्व.गिरिजाप्रसाद कोइरालाको स्मृतिमा जीपी कोइराला फाउन्डेसन पर्साले आयोजना गरेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 340 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि शुरु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाल्पाको रिब्दीकोटमा गठबन्धनका उम्मेदवार विजयी