रामेछापको गुम्देल क्षेत्रमा तीन दिनदेखी भिषण डढेलो

रामेछाप । जिल्लाको उमाकुन्ड गाउँ पाालिका वडा नं-१ गुम्देलमा विगत तीन दिनदेखी भिषण डडेलो लागेको छ । गौरीशंकर संरक्षण क्षेत्रभित्र पर्ने उक्त घनाजंगलमा लागेको आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र स्थानीय बासिन्दाहरु तीन दिनदेखी प्रयास गरिरहेका छन् ।

गुम्देलको चामरुको जंगलबाट डढेलो शुरु भएको थियो । अहिले जंगलको ठुलो क्षेत्रमा आगो फैलिएको स्थानीय प्रदिप बस्नेतले जानकारी दिए ।
घनाजंगलमा लागेको डढेलो नियन्त्रणको प्रयास भए पनि सम्भव नभएको रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर पराजुलीले बताए । अहिले डढेलो बस्ती नजिक पुग्न लागेको स्थानीयहरुले बताएका छन् ।

डढेलो लागेको गुम्देलको उक्त क्षेत्रमा ३२ परिवारको बासेबास रहेको छ । डढेलो लागेको क्षेत्रमा चौंरी गोठहरु समेत रहेको स्थानीय तेम्बा शेर्पाले बताए । उक्त क्षेत्रमा दुलर्भ मानिएको रेडपाण्डा पनि रहेको स्थानीयहरु बताउँछन् ।

डढेलो नियन्त्रणमा आउन नसकेकाले सुरक्षित स्थानमा जान गुम्देलको वडा कार्यालयले सार्वजनिक सूचना जारी गरेको वडा अध्यक्ष ङावा तिण्डु शेर्पाले जानकारी दिए । कठिन भु-बनोट, भिरपाखा तथा घना जंगल र हावा लागिरहेकाले डढेलो नियन्त्रणका लागि गरिएका प्रयासहरु सफल हुन नसकेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

डढेलोका कारण चामरु, बाल्दिङ्ग, ज्याम्दे, च्यार्सा लगायतका बस्तिहरु खतरामा परेका छन् । उच्च लेकाली क्षेत्रको घना जंगलमा लागेको आगोका कारण महत्वपूर्ण मानिएका जडिबुटीदेखी लिएर दुर्लभ बन्यजन्तु समेतको ठुलो क्षति भएको अनुमान गरिएको छ ।

उक्त क्षेत्रमा पाइने बन्यजन्तु र बनस्पति तथा विभिन्न औषधिका लागि महत्वपूर्ण मानिएका जडिबुटीहरुको ठुलो क्षति भएको भोर्जुङ्ग सामुदायिक वनका अध्यक्ष फुरी लामाले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 258 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देशमा केही भएको छैन, केही हुँदैन भन्ने भाष्य गलतः प्रधानमन्त्री

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बैतडीको सुर्नया १ मा एमाले र शिवनाथ १ मा कांग्रेस प्यानल सहित विजयी