प्रदेश ५ लाई हक्कीको उपाधि

विराटनगर ।  दोस्रो गिरिजाप्रसाद कोइराला स्मृति पुरुष राष्ट्रिय हक्की प्रतियोगिताको उपाधि प्रदेश ५ ले जितेको छ । नेपाल हक्की संघले विराटनगस्थित शहीद रंगशालामा आयोजना गरेको प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न फाइनल खेलमा प्रदेश ५ ले गतवर्षको विजेता गण्डकी प्रदेशलाई ५–३ गोलमा पराजित गर्दै उपाधि जितेको हो । खेलको निर्धारित समयमा दुवै टिमबाट १–१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो । प्रदेश ५ का सारु लामा, मनिष गुरुङ, रोहित लामा, रिसु कुमार र शशी दर्लामीले गोल गरे । गण्डकीका गणेशसिंह ठगुना, श्रवण कुमार र सुमितकुमार कामीले गोल गरेभने सागर आचार्य र किसनबहादुर मागरले गोल गर्न सकेनन् । म्यान अफ द फाइनल प्रदेश ५ का रवि कान्त घोषित भए ।

खेलको ३७औं मिनेटमा गण्डकीका पीताम्बर थापाले गरेका थिए । खेलको अन्तिम समय १ मिनेट (५९औं मिनेट) बाँकी छँदा प्रदेश ५ का शशी दर्लामीले गोल गर्दै खेललाई बराबरी पारे ।

त्यस्तै, शुक्रबार नै तेस्रो स्थानका लागि भएको खेलमा विभागीय टोली नेपाल आर्मीले सुदूरपश्चिम प्रदेशलाई ६–० गोलमा पराजित गरेको छ । खेलको ७, १०, २५ र ५५औं मिनेटमा रोमन रानाले गोल गरे । २९औं मिनेटमा नरेन्द्र कार्कीले गोल गरेका थिए । ३२औं मिनेटमा राम साहले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच आर्मीका रञ्जित राउत भए । प्रतियोगितामा एक विभागीयसहित ६ प्रदेशको सहभागिता रहेको थियो । विभागीय टोली नेपाल आर्मी, सुदूरपश्चिम प्रदेश, बाग्मती प्रदेश, प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ र प्रदेश २ ले प्रतियोगितामा भाग  लिएका थिए ।

प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ, उपविजेताले नगद २५ हजार रुपैयाँ र तेस्रोले नगद १५ हजार रुपैयाँका साथै ट्रफी प्राप्त गरे । उदयीमान खेलाडी गण्डकीका पीताम्बर थापा, सर्वाधिकगोलकर्ता आर्मीका रोमन राना, उत्कृष्ट गोलरक्षक कार्तिक गुरुङ, सर्वोत्कृष्ट खेलाडी गण्डकीका सुमितकुमार कामीले जनही नगद ५ हजार रुपैयाँ पुस्कार पाए ।

खेलाडीलाई प्रदेश १ नेपाली कांग्रेसको संसदीय दलका नेता राजीव कोइराला, नेपाली कांग्रेस मोरङका सचिव नागेश कोइराला, एन्फाका पूर्वमानार्थ उपाध्यक्ष सन्तोष बाँनियालगायतले पुरस्कार वितरण गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 213 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकार र संविधान दुबै असफल : प्रभु साह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धरानदेखि धनगढीसम्म स्वतन्त्र