रवि लामिछानेलाई अन्याय भएकाे भन्दै जुम्लामा आत्मदाहकाे प्रयास

Rajdhani Rastriya Dainik | Online Nepali News Portal

जुम्ला । जुम्ला खलंगामा रवि लामिछानेले न्याय पाउनुपर्ने भन्दै एक जनाले आत्मदाहकाे प्रयास गरेका छन्।जिल्ला प्रशासन कार्यालय जुम्लाकाे भवनअगाडि ‘रवि लामिछानेले न्याय पाउनुपर्छ’ भन्दै एक जनाले आत्महत्याकाे प्रयास गरेका हुन्।

काेहलपुर घर भएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ड्राइभर गाेकर्ण कार्कीले शरीरमा पेट्राेल खन्याएर आत्महत्या गर्ने प्रयास गरेका हुन् । ४० वर्षका कार्कीले पेट्राेल खन्याएर आत्महत्याको प्रयास गरेकाे जुम्ला प्रहरीले जनाएकाे छ। काेलपुर नगरपालिका १० घर बताउने कार्की १५ वर्षदेखि अस्पतालमा काम गर्दै आएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 150 times, 1 visits today)

epaper

ताजा समाचार

अतिक्रमणको चपेटामा पोखरी र इनारले भरिभराऊ गाउँ