जेल तोडेर भाग्ने प्रमुख योजनाकार पक्राउ

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा रहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको थुनुवा कक्ष फुटाएर भाग्ने योजनाका प्रमुख योजनाकार पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा लागुऔषध मुद्दामा पक्राउ परेर हिरासतबाट फरार भएका धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नंं ५ का वर्ष ३५ को विनोद कुमार शर्मा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

शर्मालाई मिथिला नगरपालिकाको वडा नंं १० स्थित रातु खोलाको बगरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।

गत पुस २८ मा लागुऔषधसहित पक्राउ परेका शर्माले नै हिरासत फुटाउने योजनाकार रहेको प्रवक्ता क्षेत्रीले बताए । हिरासतमा सबैभन्दा बढी १८ दिनदेखि शर्मा नै थुनुवा थिए । उनैले फोड्ने सुरुवात गरेपछि अन्य थुनुवाले उनलाई साथ दिएसँगै थुनुवा कक्षको भित्ता फुटाउन उनीहरू सफल भएका थिए ।

शर्मासँगै फरार ६ जना मध्ये ४ जना पक्राउ परिसकेका छन् । हरिदिप सिंह, अमित मण्डल, रोशन महतोलाई प्रहरीले पक्राउ गरिसकेको छ । अन्य दुई थुनुवाको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीको हिरासत फोडेको विषयमा प्रहरीले डिउटीमा रहेका तीन जना प्रहरीलाई निलम्बन गरी दुई वटा समिति निर्माण गरेर उक्त घटनाका विषयमा छानविन भइरहेको छ । प्रहरी निरिक्षक बेचन यादवको सरुवा गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 237 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

गाजा सम्झौता कायम रहने विषयमा ट्रम्प ‘विश्वस्त छैनन्’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखरा महानगरमा धनराज २७ सय मतले अगाडी