नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी कारागार चलान

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका फरार सांसद अरुणकुमार चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले अदालतमा बुझाएको छ । शुक्रबार बिहान प्रहरीले जिल्ला अदालत कैलाली बुझाएपछि अदालतले चौधरीलाई कैद पुर्जी दिएर जिल्ला कारागार पठाएको हो ।

कारागारमै रहेर चौधरीले मुलुकी संहिताको दफा १५५ अनुसार कैद भुक्तानबापतको रकम तिर्न सकिने उपभोगका लागि जिल्ला अदालतमा निवेदन दिन सक्नेछन् ।

ट्र्याक्टरमा आगजनी गरेको मुद्दामा १० वर्षअघि नै कैलाली जिल्ला अदालतबाट ६ महिनाका लागि कैद सजाय सुनाइएका नागरिक उन्मुक्ति पार्टीका फरार सांसद अरुणकुमार चौधरी पक्राउ परेका थिए ।

कैलाली २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित उनलाई बाँके प्रहरीले बैजनाथ गाउँपालिका–१ चिसापानीबाट पक्राउ गरेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 124 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जीवन रूपान्तरण गर्न पढौं, यी हुन् पढ्नैपर्ने १० पुस्तक

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
पोखराको मेयरमा समाजवादीले कटायो ३ हजार अन्तर