सर्वाेच्चको आदेश : बहालवाला कर्मचारीलाई उमेरहद लाग्दैन, परीक्षामा सहभागी गराउनु


काठमाडौं । सर्वोच्च अदालतले बहालवाला कर्मचारीलाई लोकसेवा आयोगले माग गरी दरखास्त आह्वान गरेका विज्ञापनमा समावेश गराई परीक्षामा संलग्न गराउन अन्तरिम आदेश दिएको छ ।

नेपाल निजामती कर्मचारी संगठनको तर्फबाट उपमहासचिव युवाचन्द्र घिमिरेले दायर गरेको रिटमाथि शुक्रबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश कुमार चुँडालको एकल इजलासले लोकसेवाले दरखास्त आह्वान गरेका विज्ञापनमा बहालवाला कर्मचारीलाई सहभागी गराउन अन्तरिम आदेश दिएको हो ।

प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुलाई लोकसेवा आयोगले खोल्ने विज्ञापनहरुमा उमेर हद नलाग्ने ठहर गर्दै सर्वाेच्चले उनीहरुलाई लोकसेवाको परीक्षामा सहभागी गराउन अन्तरिम आदेश दिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 291 times, 1 visits today)

epaper

ताजा समाचार

कर्रा खोलामा पुल नहुँदा स्थानीयलाई समस्या