हत्या आरोपमा दम्पत्ती पक्राउ

गुल्मी । भारतीय नागरिकको हत्या गरेको आरोपमा गुल्मीका एक दम्पत्ती पक्राउ परेका छन् । भारत बिहारका ४४ बर्षिय शेख अलिनामको हत्या गरेको आरोपमा गुल्मी जिल्ला सत्यवती गाउँपालिका –१ का छबिलाल र उनकी श्रीमती विष्णु अधिकारीलाई पक्राउ गरी प्रहरीले सोमबार सार्वजनिक गरेको छ ।

मृतकको शव माघ १९ गते रुरुक्षेत्र गाउँपालिका –२ स्थित कालिगण्डकी नदी किनारमा फेला परेको थियो । शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठ नेतृत्वको समुहले घटनाको बिषयमा अनुसन्धान गरिरहेको थियो । अनुसन्धानका क्रममा अधिकारी दम्पत्तीले हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।

अधिकारी दम्पत्तीले रुद्रवेणीमा होटल संचालन गर्दै आएका थिए । मृतक शेख पनि उक्त दिन सोही होटलमा बसेका थिए । होटलमा छविलालकी श्रीमती विष्णुलाई जिस्काउँदा छविलालले हथौडाले शेखको टाउकोमा हानेर हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन् । घटनाको सम्बन्धमा आइतबार गुल्मी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिने प्रहरी उपरीक्षक अर्जुन रानाभाटले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 90 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जीवन रूपान्तरण गर्न पढौं, यी हुन् पढ्नैपर्ने १० पुस्तक

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
एकीकृत समाजवादीबाट पोखरामा धनराज र हेटाैंडामा मीना मेयरका उम्मेदवार