न्याय माग्दै साईबर ब्युरो पुगिन करिश्मा

काठमाडौं । आफुलाई एकजना व्यक्तिले मानहानी हुने काम गरेको भन्दै अभिनेत्री करिश्मा मानन्धरले साईबर ब्युरोमा मुद्धा दायर गरेकी छिन् । युट्युबमा अन्तर्वार्ता दिने क्रममा डिल्लीराम खनाल भन्ने व्यक्तिले आफुलाई मानहानी हुने आरोप लगाएका कारण नेपाल प्रहरीको साइबर ब्युरोमा ती व्यक्ति बिरुद्ध उजुरी दिएको अभिनेत्री करिश्माले राजधानीलाई बताएकी छिन् ।करिश्माले मंगलबार साईबर क्राईम ब्युरोमा उजुरी दर्ता गराएकी हुन् ।

आफुलाई एकजना अहिलेका चर्चित व्यक्तिसँग अमेरिकामा लिभिङ टुगेदरमा बसेको भन्ने आरोप खनालले अन्तरवार्ताको क्रममा लगाएका कारण उनी बिरुद्ध उजुरी दिनु परेको करिश्माको भनाई छ । उनले

विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कारवाहीको माग गर्दै उजुरी दिएकी हुन् । युट्युव च्यानलमा अन्तरवार्ता दिएर भाईरल हुँदै आएका खनालले यस अघि अरुको पनि मानहानी गरेको करिश्माको कथन छ ।

तपाइको प्रतिक्रिया
(Visited 560 times, 1 visits today)

epaper

ताजा समाचार

जुत्ता उत्पादक व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री शाह