६ जनाको ज्यान लिने नरभक्षी चितुवा सातौं पटक खोरमा

तनहुँ । त​न​हुमा सातौ प​टक चितुवा खोर​मा परेको छ। माघ​ १३ ग​ते लोहीपाखा ब​न्दिपुर​ ४ मा बाल​कको ज्यान​ लिने न​र​भ​क्षी चितुवा शुक्रबार राति डिभिज​न​ व​न​ कार्याल​य​ त​न​हुँले थापेको खोर​मा प​रेको हो । सातौ पट्क चितुवा खोर​मा परेको जिल्ला वन डिभिजन कार्यालय तनहुँका प्रमुख केदार बरालले बताए ।

डिभिजन वन कार्यालय, नगरपालिका र चितुवा प्रभावित क्षेत्रका सामुदायिक वनको सक्रियतामा निर्माण गरिएको परम्परागत काठको खोरमा थापिएको पासोमा चितुवा पर्न थालेपछि आक्रमणको त्रास कम हुँदै गएको छ।

पहिलो पटक २०७४ फागुन १ मा आँगनमै खेलिरहेका भानु–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठलाई चितुवाले आक्रमण गरेको थियो । त्यसयता २०७५ कात्तिक २९ मा भानु–४ जोखानेकी ४ वर्षीया रञ्जिता लम्साल, मंसिर १५ मा भानु–२ ढल्केबरका १० वर्षीय अमृत गुरुङ, गत जेठ २४ मा भानु–२ भकुन्डथोककी ९ वर्षीया पुष्पा अधिकारी, असोज २१ मा भानु–१ भन्सारका ३ वर्षीय आशिष बानियाँ, कात्तिक ११ मा भानु–२ फुर्सेटारका ७ वर्षीय ऋतिक रोका गरी ६ जनाको ज्यान गएको छ । ४ बालबालिका घाइते भएका छन् ।

चितुवाले बालबालिकालाई आक्रमण गर्न थालेपछि स्थानीय निकै त्रसित थिए । चितुवा आतंकले बालबालिका सहज रूपमा विद्यालय आवतजावत पनि गर्न सकेका थिएनन् । त्रासका कारण घरभित्रै बसिरहने अवस्था सिर्जना भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 196 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि शुरु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यी हुन् राप्रपाले जितेका स्थान, कुन-कुन पालिकामा अग्रता ? (सूचीसहित)