टेक्निकल टिचर्स एशोसिएसन गठन

वीरगन्ज । प्रविधिको प्रचुर प्रयोग भइरहेको वर्तमानमा प्रविधिमैत्री शिक्षकहरुको सहकार्य अध्यापनमा पनि ठहर गर्दै पर्सामा टेक्निकल टिचर एसोसिएसन पर्साको जिल्ला अधिवेशन गरिएको छ । बुधबार भएको प्रथम जिल्ला अधिवेशनले अध्यक्षको नेतृत्वमा संजय कुमार सक्सेनालाई चयन गरेको हो ।

टेक्निकल टिचर एसोसिएसन मधेस प्रदेशको अगुवाईमा पर्सामा भएको जिल्ला अधिवेशनले सक्सेनाको नेतृत्वमा ११ सदस्य जिल्ला कार्य समिति चयन गरेको छ । टेक्निकल टिचर एसोसिएसन मधेस प्रदेशका सचिव अनन्त प्रसाद चौधरीको अध्यक्षतामा जिल्ला अधिवेशन गरिएको सह–सचिव राहुल कुमार साहले बताए ।

वीरगन्जस्थित श्री नृसिंह मा.वि. पिपरामठको सभाहलमा भएको अधिवेशनले उपाध्यक्षमा अजय कुमार महतो, सचिव सरोज कुमार उपाध्याय, सहसचिव राहुल कुमार साह, कोषाध्यक्ष अभिषेक यादवलाई जिम्मेवारी दिएको छ । त्यसैगरी सदस्यहरुमा संतोष साह, श्याम सुन्दर कुशवाहा, समसोदिन अंसारी, विकास पटेल, मुकेश कुमार महतो, धर्मनाथ कुमार झा लगायतका कार्य समितिमा समेटेको छ ।

टेक्निकल टिचर एसोसिएसन मधेस प्रदेशका संस्थापक सचिव ई.राजेश यादवको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा टेक्निेकल तथा प्रविधिमैत्री शिक्षकहरु शेषनाथ प्रसाद चौधरी, आशुतोष यादव, वावुनन्द पटेल, संदिप कुमार चौरसिया, रवि कुमार गुप्ता, शम्भु साह ,राजकिशोर प्रसाद कानु लगायतको सकृय सहभागिता रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 197 times, 1 visits today)

epaper

ताजा समाचार

प्रहरीका ६१ प्रतिशत मुद्दाको ‘डिजिटल अभिलेख’