ज्ञवालीको सर्टफिल्म ‘आराध्या’ व्यस्ताको पीडा

काठमाडौं । प्रणय दिवसका अवसर पारेर लघु चलचित्र ‘आराध्या’ सार्वजनिक गरिएको छ । यो लघु चलचित्रलाई सञ्ंचारकर्मी रामजी ज्ञवालीले निर्देशन गरेका हुन् । ज्ञवालीले यसअघि दर्जन सर्ट फिल्म निर्देशन गरिसकेका छन् । यो लघु चलचित्रमा आमिर गौतम, सुरविना कार्की, सफु बुढाथोकी, नारायण कँडेल, प्रान्जल पौडेल, सृष्टि भुषाललगायतका कलाकारको अभिनय छ ।

अभिभावक पेसा व्यवसायमा संलग्न भएको हरेक सहरिया परिवारको कथा यो लघु चलचित्रमा प्रस्तुत गरिएको छ । कथाले दर्शकलाई सोच्न बाध्य पारेको छ । ‘आराध्या’ मा व्यस्त परिवारभित्र हुर्किरहेका बच्चाले बाबुआमाबाट पर्याप्त रेखदेख नपाउँदा उत्पन्न हुने मनोभावलाई देखाइएको छ । बाबुआमाले आफ्नो छोरीको जन्मदिन र विद्यालयको वार्षिकोत्सवमा समेत समय दिन नसकेपछि छोरीले आफंैले आफंैलाई जन्मदिनको शुभकामना दिएको दृश्यले धेरैको मन चसक्क पार्छ ।

यो चलचित्रको कथा निर्देशक ज्ञवाली र आर्यन अधिकारीले लेखेका हुन् ।

एक साताभन्दा धेरै समय लगाएर काठमाडौं आसपासमा खिचिएको यो सर्ट फिल्म केही अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा सहभागी गराउँदा नेपालमा सार्वजनिक गर्न ढिला भएको निर्देशक ज्ञवालीले जानकारी दिए । इन्जिनियर सञ्जितकुमार शाह निर्माता रहेको यो चलचित्रमा विशाल निरौलाको संगीत रहेको छ ।

यो लघु चलचित्रलाई नहकुल खड्काले सम्पादन र संकल्प भुजेलले छायाँकन गरेका हुन् । सर्ट फिल्ममा निशा खनालको मेकअप, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ, योगेशकाजीको ब्याकग्राउन्ड म्युजिक रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 316 times, 1 visits today)

epaper

ताजा समाचार

लुम्बिनीसँग हारेपछि विराटनगर प्लेअफबाट बाहिरियो