पछिल्लो समयमा राजस्व छली गरेर आर्जन गरिएको करोडांै रुपैयाँ हुन्डाईमार्फत विदेशमा पठाउने गरिएका खबर सार्वजनिक हुनुले हाम्रो राज्यसंयन्त्र कतिसम्म भ्रष्टाचारको दलदलमा फसेको रहेछ भनेर सहजै बुझ्न सकिन्छ ।
राजस्व छली महाअपराध हो । आफ्नै देशलाई ठगेर कमाइएको पैसाले त्यस्ता व्यक्तिको अतीत हुने निश्चित छ । तर, पनि राजस्वमा हुने छली रोकिनुको साटो बढ्नु अझै दुर्भाग्यपुर्ण छ ।
हुण्डीको सहयोगमा राजस्व, भन्सार र कर कार्यालयका उच्चपदस्थ सधंै उम्कँदै र चोखो रहँदै आएका छन् । राजस्व, भन्सार र कर कार्यालयका उच्चकर्मचारीले व्यापारीबाट बुझेको करोडांै रकम हुन्डीमार्फत् दिल्ली, अस्ट्रेलियालगायतका स्थानमा लैजाने गरे पनि यसमाथि छानविन र कारबाही हुन सकिरहेको छैन ।
यस्तो प्रक्रिया लामो समयदेखि जारी रहे पनि यसलाई रोक्न अहिले सम्म कुनै विशेष पहल हुन सकेको छैन । यसको अनुसन्धान, खोजविन तथा कारवबहीका लागि सरकारको चासो तथा इच्छाशक्ति पनि देखिएको छैन । धेरैलाई थाहा भएको कुरा के हो भने व्यापारीसँगको सेटिङमा राजस्व चुहावट तथा छलीमा संलग्न हुने कैयौं कर्मचारीलाई व्यापारीले बक्सिस र नजराना स्वरूप ठूलो परिमाणमा मुनाफाको हिस्सा चढाउने गरिरहेका छन् । यही रकम नै सम्बन्धित कर्मचारीले हुन्डीमार्फत विदेश लैजाने गरिरहेका छन् । यो रकमको परिमाण के कति छ भन्ने कुरा सरकार त कुहिरोको काग नै बनिरहेको छ, अख्तियारले समेत कुनै भेउ पाउन सकेको छैन । यस्तो रकम राजस्व छलीदेखि हुन्डीमार्फत विदेश पु¥याउने सेटिङकर्ताले अख्तियारलाई समेत जिल्ल बाएको छ । के, कहाँ र कसरी भइरहेको छ भन्ने कुरा अख्तियारले पनि आजसम्म कुनै संकेत फेला पार्न सकेको छैन् ।
अख्तियार दुरुपयोग अनुसन्धानआयोगले राजस्व चुहावट, चोरी, निकासी, पैठारी, न्यूनविजकीकरणजस्ता ठगी कार्य भइरहेकाले त्यस्ता कार्य तत्काल रोक्न सम्बन्धित सरकारी निकायलाई आवश्यक निर्देशन दिने गरेको छ । तर, राजस्व रोक्न त्यस प्रकारका निर्देशनले कुनै पनि काम नगर्ने निश्चित भएकाले राजस्व छली गर्नेविरुद्ध आक्रामक अनुसन्धान र कारबाही थालिनुपर्छ ।
यस’bout सरकारको चासो र इच्छाशक्ति हुने हो भने अख्तियारमार्फत राजस्व छली र चुहावट सेटिङलाई पत्ता लगाउन र कारवाहीको प्रक्रियामा ल्याउन सक्छ । तर कारवाहीका लागि स्वयम् सरकार तयार हुन्छ वा हुँदैन यो भने अझै राभरोसेको अवस्थामा नै रहेको छ । यसमा लहरो तान्दा पहरो गर्जने अवस्था सिर्जना हुन सक्ने देखिन्छ । यसका लागि कुनै न कुनै कार्यकालका सरकारले यस्ता खाले जोखिम उठाउन सक्नु नै पर्छ । अबका दिनमा आफू पनि संलग्न रहे नरहेको प्रमाणित गर्नु नै पर्छ । त्यसैले हुन्डीमार्फत हुँदै आएको राजस्व छलीको रकम विदेसिने प्रक्रिया रोक्नका लागि राजस्व छलीको सेटिङ पत्ता लगाउने कदमअघि बढाऊ ! राजस्व छलीको सेटिङ धन्दामा लिप्तरहेका माथि कारबाही सुरु गर !






