कोरोनावाट जोगाउन थुनुवालाई धरौटीमा हिरासतमुक्त



जनकपुरधाम । कोरोना भाइरस संक्रमण जोखिमलाई दृष्टिगत गरी जिल्ला प्रहरी कार्यालय धनुषाले थुनुवालाई धरौटीमा हिरासतमुक्त गर्न सुरु गरेको छ । गम्भीर प्रकृतिका मुद्दाबाहेकलाई हिरासतमुक्त गरिने प्रशासनले जनाएको छ ।

भाइरस संक्रण जोखिमलाई ध्यानमा राखी थुनुवाको संख्या कम गर्ने रणनीतिअनुरूप सामान्य प्रकृतिका मुद्दाका थुनुवालाई कानूनी प्रक्रिया पु-याई हिरासतमुक्त गर्न लागिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले दिएका छन ।

कोरोना भाइरसको संक्रमणको स्थितिलाई मध्यनजर गर्दै प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिले कारागारमा रहेका थुनुवाको संख्या घटाउन सरकारलाई निर्देशन दिएको थियो । सो कार्यालयमा विभिन्न प्रकृतिका मुद्दाका ६० जना थुनुवा रहेका छन् । १२ जनालाई अहिलेसम्म धरौटीमा हिरासतमुक्त गरिएको छ भने सोमवार १० जना थुनुवालाई मुद्दा हेर्ने अधिकारी समक्ष पेश गरिएकोे छ । आज उनीहरु पनि छोडने सम्भावना रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 178 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

उपसभामुख हटाउने कुराबाट काँग्रेस एमाले ब्याक हुन्छन्: प्रचण्ड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मधेसवादी दल मधेसमै कमजोर