गायक गायिकाको स्वर सिँगार्ने कलाकार

काठमाडौं । दुई साताअघि चलचित्र छाड्के २ का लागि -यापर गायक भिटेनको स्वरमा सो फिल्मको शीर्षगीत रेकर्ड गर्नुपर्ने थियो । त्यो गीतमा अभिनेता अनमोल केसी प्रस्तुत हुनुपर्ने थियो ।

सो गीत रेकर्डका लागि गायक भिटेनले रेकर्डिस्ट मनोज परियारलाई रोजे । यो मात्र हैन, भिटेनका अरू गीत पनि उनले नै यस अघि रेकर्ड गरिसकेका थिए । राग स्टुडियोमा जब भिटेनको स्वरमा मनोजले चलचित्र छड्के २ को गीत रेकर्ड गरे । गीतलाई उनले पछि सम्पादन र मिक्सिङसमेत गरेर निर्माण पक्षलाई बुझाएपछि निर्माता प्रशान्त गिरी निकै खुसी भए । रेकर्ड गर्दा जुन तहको स्वर थियो, मिक्सिङपछि त्योभन्दा कैयौं गुना स्वर राम्रो भएपछि प्रशान्त र भिटेन दुवैले मनोजको कामको खुलेर प्रशंसा गरे । चलचित्र छड्के २ यही १९ फागुनबाट देशव्यापी रिलिज हुँदै छ ।

यो मात्र हैन, मनोजले थुप्रै चलचित्रको गीत रेकर्ड गरिसकेका छन् । गायक गायिकाको सामान्य स्वरमा रेकर्ड भएको गीतमा उनीहरूको स्वरलाई मिक्सिङको माध्यमबाट चम्काएर माधुर्य तुल्याउन मनोज खप्पिस छन् । नेपालमा गीत मिक्सिङ गर्ने कलाकार निकै कम छन् । औंलामा गणना गर्दा आटाउने राम्रो रेकर्डिङ र मिक्सिङ गर्ने कलाकारको सूचीमा मनोज परियार पनि पर्छन् ।

लमजुङको सुन्दरबजार नगरपालिका–८ बलथुगमा जन्मिएका मनोज विगत ७ वर्षदेखि यो क्षेत्रमा व्यावसायिकरूपमा सक्रिय छन् । काठमाडौंका ‘आभास’बाट ध्वनि रेकर्डिङ, सम्पादन र मिश्रण विषयमा डिप्लोमा गरेर उनले रेकर्डिङ तथा मिक्सिङ पेसा रोजेका हुन् । अग्रज रेकर्डिस्ट दिका गुरुङको सहयोगी भएर काठमाडौं डिजिटल स्टुडियोमा रेकर्डिस्टका रूपमा काम गरेपछि ७ वर्ष अघि उनले पूर्णरूपमै गीत रेकर्डिङ र मिक्सिङको काम अँगाले ।

उनले सुरुमै रेकर्ड गरेको शान्तिश्री परियार र बिनोद ढकालको स्वरमा दोहोरी गीत तरकारी वाली…र मेलिना राईको स्वरमा रहेको गीत राग मिठो…रेकर्ड गरे । यी दुवै गीतको मिक्सिङसमेत उनैले गरे । यी दुवै गीतले लोकप्रियता हासिल गरे । दीकासँग काम गर्दा गर्दै रेकर्डिङमा पोख्त भएका मनोजको रेकर्ड मिक्सिङमा तयार दुईवटै गीत हिट भएपछि उनले सो स्टुडियोमा आउने सबैजसो गीतको रेकर्डिङ र मिक्सिङको जिम्मेवारी सम्हाल्नुप¥यो । सो स्टुडियोमा केही वर्ष काम गरेपछि उनी काठमाडौंका अन्य स्टुडियोमा पनि जोडिए । उनी अहिले मेलोडी नेपाल, राग स्टुडियो, एक्सन स्टुडियो, ओसियन स्टुडियो र ह्वाइट साउन्ड स्टुडियोमा गीत मिक्सिङ गर्छन् ।

हालसम्म १५ सय जति गीत तथा जिंगल रेकर्डिङ र मिक्सिङ गरिसकेका उनी यो पेसा आर्थिकरूपमा राम्रो भएको बताउँछन् । स्टुडियोमा जस्ता गायक गायिका पनि राम्रो गाउँछु भनेर आउँछन् । जस्तो स्वरलाई पनि मिठो बनाउनु आफूहरूको जिम्मेवारी रहेको उनको कथन छ ।

मनोजले रेकर्ड तथा मिक्सिङ गरेका जलजला…, मुसुक्कै हाँसन…, भीर माहुरी…, परान…, निरमाया ठूली…, सानिमाया…सहित थुप्रै गीतको भिडियोले क्लब भ्युज पाएका छन् । उनले मिक्सिङ गरेका सैयौं गीत हिट छन् । तथापि, गायक गायिका, संगीतकार, गीतकारको जस्तो आफूहरूको नाम बाहिर नआउने उनको गुनासो छ ।

‘एरेन्जरबाट प्रोग्रामिङ भएर आएका ट्र्याक रेकर्डिङपछि स्वर र बाजागाजा मिसाएर त्यसलाई शृंगारपटार गर्दै चम्काउनु हाम्रो काम हो । एउटा सामान्य मान्छेलाई मेकअप आर्टिस्टले सुन्दर बनाए जस्तै हामीले पनि सामान्य स्वरलाई समेत मिक्सिङबाट सक्दो मिठो बनाउँछौं ।’ तथापि गीत मिठो हुनका लागि कम्तीमा सुन्न लायकको स्वर भने हुनुपर्ने मनोजको कथन छ । अग्रजदेखि तन्नेरी पुस्तासम्मका कैयौं गायकगायिकाका प्रिय मिक्सिङ कलाकार मनोज आफूहरूको नाम पनि गायक गायिकाले लिइदिँदा निकै खुसी लाग्छ भन्छन् ।

तपाइको प्रतिक्रिया
(Visited 284 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनबीच ११ उपमहानगरमा किन मिलेन कुरा ?