आइसीसी विश्वकप लिग–२ : अमेरिकाविरुद्ध नेपालको कमजोर ब्याटिङ

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत शनिबारअमेरिकाविरुद्ध नेपालले कमजोर सुरुवात गरेको छ । अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि नपाल ब्याटिङमा उत्रेको हो । ३० ओभरको खेल सकिँदा नेपालले १ सय २ रनमा ५ विकेट गुमाएको छ ।

छैटौं विकेटका लागि आएका कुशल मल्ल र विनोद भण्डारी क्रिचमा छन् । कुशल २८ र विनोद २६ बनाएर नेपालको धरमराएको पारीलाई सम्हालिरहेका छन् ।

टोलीका भरपर्दा ब्याटस्म्यान शरद भेषवाकर घाइते भएपछि आजको खेलमा आएका सुवास खकुरेल तीन रनमै पभेलियन फर्किए । त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल २१ रनमा आउट भए । खेलको सत्रौँ ओभरमा उपकप्तान दीपेन्द्रसिंह ऐरी शून्य रनमै पभेलियन फर्किए भने खेलको १८औं मिनेटमा पारस खड्का १९ रन बनाएर आउट भए । खेलको २१औं ओभरमा आरिफ शेख दुई बनाएर पभेलियन फर्किए ।

तपाइको प्रतिक्रिया
(Visited 544 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

रविलाई निकिता र कानुन व्यवसायीको जिम्मा लगाउने आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भीमेश्वरको मेयरमा कांग्रेसका मानन्धर र उपमेरमा एमालेकी बस्नेत निर्वाचित