डडेल्धुराको परशुराममा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु, ११ जना घाइते


डडेल्धुरा । भित्रिमधेश क्षेत्र परशुराम नगरपालिकामा सोमबार जीप दुर्घटना हँुदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ । कञ्चनपुरको दैजीबाट डडेल्धुराको भागेश्वर गाउँपालिकाको रुपालतर्फ आउँदै गरेको म १ ज २३८ नम्बरको जीप दुर्घटना हुँदा भागेश्वर गाउँपालिका–२ का ५० वर्षीय बाशुदेवी तिरुवाको मृत्यु भएको हो । 

चालक सहित ११ जना घाईते भएका छन । ग्रामिण कच्चि सडकको परशुराम नगरपालिका–३ मट्यौलामा जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले बताए । 

उनका अनुसार जीप सडकमै पल्टिएको थियो । जीपमा चालक सहित ११ जना यात्रु सवार थिए । जीप पछाडी गर्ने क्रममा दुर्घटना भएको प्रहरीको भनाई छ । दुर्घटना स्थल परशुराम नगरपालिका मुकाम जोगबुडा लालढुङ्गाबाट करिब २५ किलोमिटरको दुरीमा पर्दछ । लालढुङ्गा बजारमा ईलाका प्रहरी कार्यालय रहेको छ । ईलाका प्रहरी कार्यालयबाट उद्दारमा खटिएको टोलीले प्रारम्भिक जानकारी दिएको डिएसपी भट्टले बताए । घटना ’bout विस्तृत जानकारी आउन बाँकी छ ।

तपाइको प्रतिक्रिया
(Visited 87 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘ओहो ! अहिले पनि पोल्छ’

कुरी-कुरी

Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
नगर प्रमुख आचार्यको घोषणा : ईश्वरपुरमा रंगशाला निर्माण हुने