जव कालो पत्रे सडकमै पोल गाडियो

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–५ नौडिहवामा कालोपत्रे सडकको बीचमा पोल गाडिएका छन् । स्थानीय मनिराम थारूले आफ्नो जग्गामा सडक बनाएको भन्दै बीच भागमै पोल गाडेका हुन् । कालोपत्रे सडकमै पोल गाडेपछि सवारी हिडडुलमा समस्या समेत भएको छ ।

स्थानीय छविलाल बन्जाडे र शिव प्रसाद हरिजन (छोटु) सहितको नेतृत्वको एक टोलिले बाटो निकास गरि दिने भन्दै प्लाटिङको लागि प्रस्ताव गरेपछि सोही प्रस्ताव अनुसार बाटो निकासका लागि एक कठ्ठा बराबर ४ धुर जग्गा दिने वा जग्गा नभए चलन चल्तीको रेटमा पैसा दिने भनी उनीहरुको आपसी सहमति भएको मनिरामले बताए ।

सहमति अनुरुप प्लाटिङको नेतृत्व गर्ने छोटुलाई मनिरामले ७ लाख ५० हजार हुन आएकोमा ७ लाख रुपैया नगद दिएको उनी बताउँछन् । यसरी लामो समयसम्म आफ्नो पैसा वा जग्गा प्लाटिङ पक्षले आफूलाई फिर्ता नदिँदा कालोपत्रे सडकमा पोल गाडेको थारुले बताए ।

आफूले पटक–पटक प्लाटिङ पक्षसँग फिर्ता गर्न आग्रह गरेको बताउँदै नापजाँच गर्दा जहाँसम्म आफ्नो क्षेत्रफल आएको त्यहि भागमा पोल गाडेको उनले बताए । यता प्लाटिङ पक्षका छविलाल बन्जाडेले आफूहरुबाट गल्ति भएको र मनिरामले जग्गा या पैसा फिर्ता पाउने बताए । उनले आफ्नो टिम संग छलफल गरेर छिटै यसको समाधान गर्ने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 251 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नागरिक उन्मुक्ति पार्टीको महाधिवेसन पुस २६-२८मा

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
सुदूरपश्चिम प्रदेश सभाको ठूलो दल एकीकृत समाजवादी २ पालिका सिमित