‘प्रसाद २’ को फस्टलुक्स

काठमाडौं । चलचित्र ‘प्रसाद २’को फस्टलुक (पोष्टर) सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा नायक विपिन कार्की, नायिका केकी अधिकारी र कलाकार अर्पण थापालाई देख्न सकिन्छ । यो फिल्मलाई निर्देशक सुदर्शन थापाले निर्देशन गरेका हुन् ।

निर्देशक थापाका अनुसार पहिलो सिक्लेल जस्तै फिल्म ‘प्रसाद २’ले जातियताको मुद्दालाई उठान गरेको छ । लभ स्टोरी फिल्म निर्माण माहिर मानिएका सुदर्शन यसपटक सामाजिक कथावस्तु लिएर दर्शकमाझ आउँदैछन् । एसजी फिल्मस्सँग सुलभ थापा प्रोडक्शनले सहकार्य गर्दै तयार भएको यो फिल्मको स्लोगन ‘माया भन्दा ठुलो नै क छ र’ राखिएको छ ।

यो फिल्मलाई सुदर्शन बस्नेतले निर्माण गरेका हुन् । सुभाष थापाको प्रस्तुतिमा यो फिल्म तयार भएको हो । निर्देशक सुदर्शन थापाले फिल्मको कथावस्तुले यसपटक दर्शकलाई झनै आकर्षित गर्ने दाबी गरे ।

तपाइको प्रतिक्रिया
(Visited 737 times, 1 visits today)

epaper

ताजा समाचार

भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान