नगर प्रमुख र इन्जिनियरविरुद्द भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरी जिल्लास्थित शम्भुनाथ नगरपालिकाका प्रमुख जीतेन्द्रप्रसाद गुप्ता र इन्जिनियर रामचन्द्र साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले इन्जिनियर साहले निर्माण कार्यको भुक्तानीबापत सेवाग्राहीसँग घुस÷रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारको इटहरीबाट खटिई गएको टोलीले निज इन्जिनियर रामचन्द्र साहलाई सेवाग्राहीबाट १ लाख ४० हजार रुपैयाँ घुस÷रिसवतबापतको रकम लिइसकेको अवस्थामा गत ३ माघमा पक्राउ गरेको थियो ।

अनुसन्धानको सिलसिलामा नगरप्रमुख गुप्ता र इन्जिनियर साहबीचको आपसी योजना तथा मिलोमतोमा विद्यालयको सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग १ लाख ४० हजार रुपैयाँ लिएको पाइएपछि उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 194 times, 1 visits today)

epaper

ताजा समाचार

राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि निगरानी र कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन